नेपालगन्जका तीन जनाको उम्मेदवारी रद्द
नेपालगन्ज १६ वैशाखः बाँकेका ८ वटा स्थानीय तहबाट ७७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन् । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा बाँकेका विभिन्न पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ७७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेमा नेपालगन्ज उपमहानगरपालिकाका १४ जना, कोहलपुर नगरपालिकाका १६ जना, राप्तीसोनारीका १२ जना, खजुराका १२ जना, डुडुवाका ५ जना, जानकीका ७ जना, बैजनाथका ७ जना र नरैनापुर गाउँपालिकाका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्यालय जानकीका निर्वाचन अधिकृत बाशुदेव शर्माले दिएको जानकारी अनुसार बाँकेको जानकी गाउपालिकाबाट अध्यक्षमा १ जना, उपाध्यक्ष १ जना, वडा अध्यक्ष ३ जना र २ जना वडा सदस्य गरी ७ जनाले आफ्नो उम्मदवारी फिर्ता लिएका छन् । फिर्ता लिने सबै स्वतन्त्र उम्मेदवार हुन् ।
यस्तै बैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाका अनुसार बैजनाथमा ७ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा अध्यक्ष १ जना, वडा अध्यक्ष ४ जना र २ जना वडा सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
यसैगरी डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडभरीका उपाध्यक्ष १ जना, वडाअध्यक्ष ४ जना गरि ५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार नेपालगन्जका १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उनका अनुसार मेयरमा १ जना, उपमेयरमा १ जना, वडा अध्यक्षमा ६ जना, सदस्य महिला ३ जना, दलित महिला सदस्य १ जना र खुला सदस्य २ जना गरी १४ जना रहेका छन् ।
नेपालगन्जबाट उम्मेदवारी फिर्ता लिने उम्मेदवार मध्ये ६ जना स्वतन्त्र रहेका छन् भने बाँकी मेयर राजमोबाट, उपमेयर माओवादी केन्द्रबाट, वडा अध्यक्ष र सदस्यहरु एकीकृत समाजबादी, लोकतान्त्रिक समाजबादी पार्टी नेपालबाट रहेका छन् ।
उता कोहलपुर नगरपालिकामा एक जना प्रमुख, ५ जना वडाध्यक्ष र अन्य सबै वडा सदस्य गरि १६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।
यसैगरी राप्तीसोनारी गाउँपालिकामा १२ मध्ये ८ जना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकाछन् । निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार ३ जना वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारका अनुसार ३ जना वडाध्यक्ष र ९ वडा सदस्य गरि १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बाँकेका ८ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वटा वडाअध्यक्षका लागि २ हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका थिए ।
जिल्लामा कुल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलन छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागि भएका छन् ।
नेपालगन्जमा तीन जनाको उम्मेदवारी रद्द
नेपालगन्ज उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका तीन जनाको उम्मेदवारी रद्द भएको छ ।
नेपालगन्ज उपमहानगरको–१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका–३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नम्बर–७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईले जानकारी दिए ।
पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।
बैंकले कालोसूचीमा राखेका कारण एमालेको तर्फबाट मनोनयन गरेका पाठकको उम्मेदवारी रद्द भएको सहायक निर्वाचन अधिकृत चौलागाइले जानकारी दिए ।
यसैगरी उपमहानगरपालिका वडा नम्बर–३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’