नेपालगन्ज : अन्तर्राष्ट्रिय लागुऔषध विरुद्धको दिवसका अवसरमा बाँकेमा सप्ताहब्यापी कार्यक्रमहरु भईरहेका छन् । दिवसका अवसरमा असार ५ देखि १२ गतेसम्म विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भईरहेको लागूऔषध नियन्त्रण ब्यूरोले बताएको छ ।
दिवसका अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विपी चोकमा आयोजित कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । अभियानअन्तर्गत बाँकेको कोहलपुरमा रहेको गोरखा बोर्डिङ स्कुलमा लागु पदार्थ दुब्र्यसनी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिने छ । असार ८ गते बिहान ११ बजेदेखि विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको हो ।
त्यसैगरी असार ९ गते नेपालगन्जको एविसी स्कुलमा समेत लागुपदार्थ दुब्र्यसनीसम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने प्रहरी निरीक्षक वीरबहादुर थापाले बताए । असार १० गते दशगजा क्षेत्रमा सरसफाईसँगै असार १२ गते जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्रभात फेरी निकालेर अन्तर्राष्ट्रिय लागू औषध विरुद्धको दिवस समापन गरिने उनी बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा