File Photo
नेपालगन्ज २६ वैशाख : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आगामी वैशाख २९ गते राती १२ बजेदेखि जिल्लामा कुनै पनि सवारी साधन चल्न नपाउने भएकाछन् ।
निर्वाचन आचारसंहिता अनुसार मङ्गलबार(भोली) राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म मौन अवधि सुरु हुँदैछ । भने वैशाख २९ गते बिहीबार राती १२ बजेदेखि ३० गते शुक्रबार राती १२ बजेसम्म कुनै पनि सवारी साधन चल्न पाउने छैन ।
सर्वसाधरणमा मौन अवधि सुरु भएको दिनदेखि नै कुनैपनि सवारी साधन चल्न नपाउने भन्ने गलत सूचना प्रवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुशुदन न्यौपानेले भने–‘भोली राति १२ बजेदेखि मौनअवधि र नेपालको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने हो, वैशाख २९ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म कुनैपनि सवारी साधन चल्न नपाउने हो ।’
यसअघि गृह मन्त्रालयले एक सूचना जारी गर्दै मङ्गलबार (भोली) राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जनाएकोछ । भने यही समयबाट मौन अवधि शुरु हुनेछ ।
डिएसपी न्यौपानेले भने ‘जिल्लामा निर्वाचन लक्षित सुरक्षा संयन्त्र चुस्तदुरुस्त पारिएकोछ । सीमा नाकामा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको निगरानी गरिरहेकाछौं ।’ चुनावी सुरक्षालाई ध्यानमा राखेर मदिराको विक्री वितरणमा रोक लगाइएको उनले बताए ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’