नेपालगन्ज ३० वैशाख : देश संघीयतामा गएपछि भएको दोस्रोपटकको निर्वाचन बाँकेमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय बाँकेले जनाएकोछ ।
निर्वाचनका दौरान जिल्लाका ८ पालिकाका केही मतदान स्थलमा सामान्य विवाद भए । यद्यपी जिल्लामा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले ८ वटा स्थानीय तहमा रहेका ८१ वटै वडामा मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको बताए । मतदान पश्चात मत पेटिका संकलन कार्य चलिरहेको बताए ।
‘सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ,’ उनले भने ‘कहाँ कति प्रतिशत मत खस्यो, त्यसको एकिन गर्न बाँकी छ ।’
बाँकेका ८१ वटा वडामा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र राखिएको थियो । कतिपय मतदान केन्द्रमा उम्मेदवारबीच विवाद उत्पन्न भएको थियो । मत पेटिका संकलन पश्चात नेपालगन्ज उपमहानगरपालिकाको मत गणना स्थानीय भेरी प्राविधिक शिक्षालयमा गरिने मुख्य निर्वाचन अधिकृत तिवारीले बताए ।
‘मत पेटिका संकलन गर्दैछौं, त्यसपछि सर्बदलिय बैठक बस्ने होला, दलहरुबीच कुरा मिल्यो भने आजै रातीबाट गणना सुरु हुन्छ, नत्र भोली बिहान मत गणना सुरु गर्छौ,’ उनले भने ।
अन्य स्थानीय तहको मत गणना सम्बन्धित ठाउँमा हुने र जिल्लाको समग्र परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सार्वजनिक गर्ने प्रयासमा रहेको सुनाए । बिहान ७ बजेदेखी सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो ।
थप समाचार
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू