नेपालगन्ज ३० वैशाख : शुक्रबार भएको स्थानीय तह निर्वाचनमा मतदान गरेर घर फर्के लगत्तै नेपालगन्जका एक मतदाताको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २१, पुरैनामा मतदान गरि घर फर्केकी एक बृद्धाको मृत्यु भएको हो ।
लामो समयदेखि अस्वस्थ रहेकी नेपालगन्ज २१, पुरैना निवासी ६५ वर्षिया बृद्धा सोनापती काँदूको शुक्रबार अपरान्ह ५ बजे मृत्यु भएको हो ।
मतदान पछि घर फर्के लगत्तै आमाको मृत्यु भएको सोनापती काँदूका छोरा अशोक काँदूले पुष्टि गरे । सेतोखरीसंग कुरा गर्दै अशोकले भने–‘आमा पहिलेदेखि नै अस्वस्थ हुनुहुन्थ्यो, मतदान गरेर घर फर्केको एकघण्टामै आमा वित्नुभयो ।’
छोरा अशोकका अनुसार सोनापती विगत ३ महिनादेखि अस्वस्थ थिइन् । आफू अस्वस्थ्य भएपनि मतदान गर्ने ईच्छा राखेकी आमालाई छोरा अशोकले मतदान स्थलमा ल्याएका हुन् ।
‘मतदान गरेर आमा वित्नु भयो’ सेतोखरीसंग कुरा गर्दै अशोकले भने–‘निर्वाचनमा आमाले भोट दिने ईच्छा राख्नु भएको थियो । मतदान गर्नु नै उहाँ (आमा) को अन्तिम ईच्छा रह्यो ।’
यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ कुल २ हजार ९ सय ३४ मतदान भएकोछ । जम्मा ३ हजार ६ सय ६८ मतदाता रहेकोमा उक्त मतदाताले मतदान गरेका हुन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’