नेपालगन्ज वडा नम्बर ३ मा पुनः दोहोरिए अय्युब


नेपालगन्ज वडा नम्बर ३ मा पुनः दोहोरिए अय्युब

नेपालगन्ज २ जेठ : नेपालगन्ज उपमहानगरपालिक वडा नम्बर ३ को वडाअध्यक्षमा पुनः मोहम्मद अय्युव सिद्दिकी दोहोरिएकाछन् ।

नेकपा माओबादी केन्द्रबाट वडाअध्यक्षमा निर्वाचित अय्युवले ६९८ मत प्राप्त गर्दै एक दलित महिला सदस्य सहित विजयी भए । एमालेले ३ वटा वडा सदस्य हात पार्यो ।

Kids Festival 2022
kanti aarogya hospital

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद नफीस अन्सारीले ६११ मत प्राप्त गरे । राप्रपाका अमन गुप्ताले ३२९ मत प्राप्त गर्दै तेस्रो हुँदा नेपाली काँग्रेस चौथो स्थानमा समेटियो ।

काँग्रेसका पंकज कुमार गुप्ताले १९१ मतमा चित्त बुझाउनु पर्यो । यस्तै वडासदस्यमा नेकपा एमालेका मोहम्मद जमाल हलवाई (६७२) र प्रिन्स गुप्ता (५३०) र कमरुन निसा अन्सारी(६२२) मत प्राप्त गर्दै विजयी भइन् ।
दलित महिला सदस्यमा माओबादी केन्द्रकी बसन्ती धोवी (६४०) विजयी भइन् ।