नेपालगन्ज २ जेठ : नेपालगन्ज उपमहानगरपालिक वडा नम्बर ३ को वडाअध्यक्षमा पुनः मोहम्मद अय्युव सिद्दिकी दोहोरिएकाछन् ।
नेकपा माओबादी केन्द्रबाट वडाअध्यक्षमा निर्वाचित अय्युवले ६९८ मत प्राप्त गर्दै एक दलित महिला सदस्य सहित विजयी भए । एमालेले ३ वटा वडा सदस्य हात पार्यो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहम्मद नफीस अन्सारीले ६११ मत प्राप्त गरे । राप्रपाका अमन गुप्ताले ३२९ मत प्राप्त गर्दै तेस्रो हुँदा नेपाली काँग्रेस चौथो स्थानमा समेटियो ।
काँग्रेसका पंकज कुमार गुप्ताले १९१ मतमा चित्त बुझाउनु पर्यो । यस्तै वडासदस्यमा नेकपा एमालेका मोहम्मद जमाल हलवाई (६७२) र प्रिन्स गुप्ता (५३०) र कमरुन निसा अन्सारी(६२२) मत प्राप्त गर्दै विजयी भइन् ।
दलित महिला सदस्यमा माओबादी केन्द्रकी बसन्ती धोवी (६४०) विजयी भइन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ