नेपालगन्ज २५ साउनः बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ भाटनपूर्वा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एनएमबी बैंक कारकाँदो शाखाले सिलिङ फ्यान प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उक्त विद्यालयलाई सिलिङ फ्यान प्रदान गरेको हो ।
विद्यालय अध्ययन गर्न आउने विद्यार्थी तथा शिक्षकहरुलाई सितलता प्राप्त होस् भन्ने उद्देश्यका साथ १० थान सिलिङ फ्यान प्रदान गरिएको एनएमबी बैंकले जनाएकोछ ।
विद्यालयका प्रध्यानाध्यापक अयोध्या प्रसाद अहिरलाई सिलिङ फ्यान प्रदान गरेको एनएमबी बैंकका कारकाँदो शाखाका बिजनेश डेभलपमेन्ट मेनेजर दिपक नागले जानकारी दिए ।
विद्यालयलाई सिलिङ फ्यान प्रदान गर्नेक्रममा एनएमबी बैंकका बरिष्ठ विजनेस डेभलपमेन्ट मेनेजर हंसबहादुर धामी, एरिया मेनेजर युवराज पाठक, शाखा प्रबन्धक प्रविन श्रेष्ठ, कारकाँदो शाखाका बिजनेस डेभलपमेन्ट दीपक नागकोे उपस्थिती रहेको थियो ।
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग