खजुरामा काँग्रेस–बाम गठबन्धनका दुवै उम्मेदवार निर्वाचित


खजुरामा काँग्रेस–बाम गठबन्धनका दुवै उम्मेदवार निर्वाचित

नेपालगन्ज ४ जेठ : बाँकेको खजुरा गाउँपालिकामा काँग्रेस– बाम गठबन्धनका दुबै उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक ‘तुफान’ अध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

बिकले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । यस्तै मञ्जुले एमालेकै ताजरुन निशालाई पराजित गरे ।

गठबन्धनका डम्बर बहादुर विक तुफानले कुल १० हजार ७९० मत ल्याउँदै विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमनले ९ हजार १३७ मत ल्याए । विक र मल्लबीच एक हजार ६५३ मतान्तर रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँपालिका उपाध्यक्षमा काँग्रसका मन्जु मल्लले कुल १० हजार ३४ मत ल्याएर विजयी भइन् । मन्जुकी निकटतम प्रतिद्वन्द्वी ताजरुन निसाले ८ हजार ९१ मत प्राप्त गरिन् । मल्ल र ताजरुनबीच एक हजार ९३४ मतान्तर हो ।

२०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । गाउँपालिकामा यसपटकको निर्वाचनमा भने काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनाइएको थियो ।

यसअघिको निर्वाचनमा माओबादी केन्द्रका डम्बर एमालेका कृष्ण कक्षपतिसंग पराजित भएका थिए ।

अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । राप्तीसोनारी र डुडुवामा यसपटक पनि काँग्रेसले नै जितेको छ ।

थप समाचार

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका तप्त ८२० र मनिषा ७९३ मतान्तरले विजयी

बाँकेमा काँग्रेसले जित्यो दुई पालिका : दोस्रो कार्याकालका लागि डुडुवामा नरेन्द्र बहुमतले विजयी