नेपालगन्ज ५ जेठ : नेपालगन्ज र आसपास क्षेत्रका निशन्तान जोडिका समस्या समाधान गर्न वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी विशेषज्ञ डाक्टर नुतन शर्मा नेपालगन्ज आउने भएकीछन् ।
थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डाक्टर शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा प्रदान गरिरहेकीछन् ।
उनै वरिष्ठ स्त्रीरोग, टेस्ट ट्युब बेवि विशेषज्ञ एवम ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन नेपालगन्जको केयर सिटि अस्पतालमा आउँनेभएकी हुन् ।
यही जेठ ६ र ७ गते नेपालगन्ज स्थित केयर सिटि अस्पतालमा निसन्तान सम्बन्धि समस्या, आइभिएफ तथा टेस्ट्युब बेवी, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने सम्पूर्ण समस्याको निदान र उपचारका लागि नेपालगन्ज आउन लागेकी हुन् ।
निसन्तान जोडिका समस्या समाधानसंगै स्त्रीरोग, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने समस्या निदान र उपचारका लागि सेवा लिन केयर सिटि अस्पताल नेपालगन्जले आग्रह गरेकोछ ।
नेपालमा प्रसूति तथा स्त्री रोग एवं बाँझोपन सम्बन्धी समस्याको उपचारमा चलेको नाम मध्यको एक हो, डाक्टर नुतन शर्मा ।
भारतको मुम्बईमा जन्मिएकी डाक्टर शर्माले भारतको कानपुर यूनिभर्सिटीबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन् । मुम्बईको महाराष्ट्र यूनिभर्सिटीबाट डिप्लोमा इन गाइनोक्लोजी एण्ड अब्सटेट्रिक्स पूरा गरेकी डाक्टर शर्माले बंगलादेशको ढाका युनिभर्सिटीबाट एमएस पुरा गरेकी छन् ।
उनले बंगलादेशको ढाकाबाट एमसीपीएस र डिप्लोमा इन अल्ट्रासाउण्ड पनि गरेकी छिन् । डाक्टर शर्माले सिंगापुरबाट एडभान्स आइभीएफ ट्रेनिङ र भारतबाट फेलोसिप इन आइभीएप समेत गरेकी छिन् । उनले भारतको नयाँ दिल्लीबाट एडभान्स लेप्रोस्कोपिक सर्जरीमा डिप्लोमा र फेलोसिप लिएकी छन् ।
१९ वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत डाक्टर शर्मा पछिल्लो समय काठमाडौंको थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छिन् । डाक्टर शर्माले अल्का हस्पिटलमा कार्यरत छँदा आफ्नै नेतृत्वमा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालन गरि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीलाई सेवा दिएकी थिइन् ।
गम्भीर समस्यालाई पनि लुकाएर बस्ने नेपाली समाजमा महिला स्वास्थ्यका लागि राज्यकातर्फबाट मात्र नभई निजी स्तरबाट पनि सचेतनाका कार्यक्रम विस्तार गर्न पर्नेमा शर्मा जोड दिन्छिन् ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी