संघीय अस्पतालहरुमा लगातार दोस्रोपटक भेरी अस्पताल उत्कृष्ट


संघीय अस्पतालहरुमा लगातार दोस्रोपटक भेरी अस्पताल उत्कृष्ट

नेपालगन्ज १० जेठ : न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लगातार दोस्रो पटक भेरी अस्पताल उत्कृष्ट बनेकोछ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो । गत वर्षपनि भेरी अस्पताल संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको थियो ।

मूल्याङ्कनको क्रममा अस्पताहरुको लेखा प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अबस्था हेरेर मूल्याङ्कन गरिन्छ । मूल्याङ्कनका लागि मन्त्रालयको सहसचिवको टोलीनै अस्पतालमा आउने गरेको छ । त्यसैका आधारमा अंक दिने गरिएको छ ।

रेफरल अस्पतालकारुपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै भरोसाको केन्द्र मानिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

आर्थिक वर्ष ०७८–७९ मा भेरी अस्पतालले ६७ अंक प्राप्त गरेको अस्पताललका मेसु डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । भेरी अस्पतालले यस वर्ष न्यूनतम सेवा मापदण्डमा थप सुधार ल्याउँदै ६ अंक माथि उक्लिएको हो । गत वर्ष पनि भेरी अस्पताल ६१ अंक लिएर संघीय अस्पतालहरुमा उत्कृष्ट बनेको थियो ।