File Photo
नेपालगन्ज १० जेठ : बाँकेमा मंगलबारदेखि पुनः सुरु भएको कोभिड विरुद्धको खोप अभियानमा १२ हजार ६६८ जनाले खोप लगाएकाछन् । स्थानीय तहको निर्वाचनका कारण यसअघि स्थगित गरिएको कोरोना विरुद्धको खोप अभियान मङ्गलबारदेखि पुनः सुरु गरिएको हो ।
जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडामा विहीबारसम्म १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज दिन लागिएको छ । बाँकेमा ४ लाख ४४ हजार ७६७ जनालाई पहिलो, दोस्रो र बुष्टर डोज दिने लक्ष्य लिइएको छ ।
कोरोना विरुद्धको खोप अभियान अन्र्तगत मङ्गलबार ६९० जनाले पहिलो मात्रा, २९७५ जनाले दोस्रो मात्रा र ९००३ जनाले बुस्टर मात्रा गरि कुल १२ हजार ६६८ जनाले कोभिड खोप लगाएका हुन् । जसमा ७८०१ जना महिला र ४८६७ जना पुरुषले उक्त खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँकेमा हालसम्म पहिलो डोज खोप लगाउन ३८ हजार १६२ जना, दोस्रो डोज लगाउन १ लाख ११ हजार १८१ जना र २ लाख ९५ हजार ४२४ जनालाई बुष्टर डोज लगाउन बाँकी छन् ।
पालिका अनुसार बाँकेको राप्तीसोनारीमा ५३ हजार ६९५, कोहलपुरमा ६३ हजार ५९४ जनालाई खोप लगाउने लक्ष्य छ ।
नेपालगन्ज उपमहानगरपालिकामा ८४ हजार ६५८, डुडुवामा २४ हजार २७ जना र नरैनापुरमा ३३ हजार ९ जनालाई खोप लगाउने लक्ष्य छ ।
यस्तै बैजनाथ गाउँपालिकामा ३४ हजार ८७५, खजुरामा ४५ हजार ८७०, जानकीमा ३५ हजार ३८५ जनालाई खोप लगाउने लक्ष्य लिइएको खोप फोकल पर्शन श्रेष्ठले बताए ।