File Photo
नेपालगन्ज १० जेठ : बाँकेमा मंगलबारदेखि पुनः सुरु भएको कोभिड विरुद्धको खोप अभियानमा १२ हजार ६६८ जनाले खोप लगाएकाछन् । स्थानीय तहको निर्वाचनका कारण यसअघि स्थगित गरिएको कोरोना विरुद्धको खोप अभियान मङ्गलबारदेखि पुनः सुरु गरिएको हो ।
जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडामा विहीबारसम्म १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज दिन लागिएको छ । बाँकेमा ४ लाख ४४ हजार ७६७ जनालाई पहिलो, दोस्रो र बुष्टर डोज दिने लक्ष्य लिइएको छ ।
कोरोना विरुद्धको खोप अभियान अन्र्तगत मङ्गलबार ६९० जनाले पहिलो मात्रा, २९७५ जनाले दोस्रो मात्रा र ९००३ जनाले बुस्टर मात्रा गरि कुल १२ हजार ६६८ जनाले कोभिड खोप लगाएका हुन् । जसमा ७८०१ जना महिला र ४८६७ जना पुरुषले उक्त खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँकेमा हालसम्म पहिलो डोज खोप लगाउन ३८ हजार १६२ जना, दोस्रो डोज लगाउन १ लाख ११ हजार १८१ जना र २ लाख ९५ हजार ४२४ जनालाई बुष्टर डोज लगाउन बाँकी छन् ।
पालिका अनुसार बाँकेको राप्तीसोनारीमा ५३ हजार ६९५, कोहलपुरमा ६३ हजार ५९४ जनालाई खोप लगाउने लक्ष्य छ ।
नेपालगन्ज उपमहानगरपालिकामा ८४ हजार ६५८, डुडुवामा २४ हजार २७ जना र नरैनापुरमा ३३ हजार ९ जनालाई खोप लगाउने लक्ष्य छ ।
यस्तै बैजनाथ गाउँपालिकामा ३४ हजार ८७५, खजुरामा ४५ हजार ८७०, जानकीमा ३५ हजार ३८५ जनालाई खोप लगाउने लक्ष्य लिइएको खोप फोकल पर्शन श्रेष्ठले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’