आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

नेपालको अर्थतन्त्रको आकार ५.८४ बढ्ने, व्यापार घाटा ३४.५ प्रतिशत नाघ्यो

नेपालीको प्रतिव्यक्ति आय बढ्यो


नेपालको अर्थतन्त्रको आकार ५.८४ बढ्ने, व्यापार घाटा ३४.५ प्रतिशत नाघ्यो

नेपालगन्ज १४ जेठ : चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार यस यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्न लागेको हो ।

गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको छ ।

आर्थिक वर्ष ०७८/०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ । जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मुलुकको कुल व्यापार घाटा ३४.५ प्रतिशत नाघेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १.६ प्रतिशतले मात्रै बढेको थियो । सो वर्षको ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो । वस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुग्दा निर्यात पनि एक खर्ब ४७ अर्ब ७५ करोड मात्रै रह्यो ।

यसैगरी, नेपालीको प्रतिव्यक्ति आय बढेकोछ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।

यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।

थप समाचार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

सरकारले आगामी वर्षको बजेट आईतबार ल्याउने