आज गणतन्त्र दिवस : नगर प्रमुख विष्टको अगुवाईमा बागेश्वरी मन्दिर क्षेत्र सरसफाई


आज गणतन्त्र दिवस : नगर प्रमुख विष्टको अगुवाईमा बागेश्वरी मन्दिर क्षेत्र सरसफाई

नेपालगन्ज १५ जेठ : गणतन्त्र दिवसको अवसरमा आईतबार बिहान बागेश्वरी मन्दिर क्षेत्र सरसफाई गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयसँगको सहकार्यमा द होप नामक संस्थाको आयोजनामा सरसफाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरेका थिए । सो क्रममा नगर प्रमुख विष्ट सहित सहभागीहरुले झाडु लिएर सरसफाई गरेका थिए । नगर प्रमुख विष्टले सरसफाईको अगुवाई गरे ।

Kanti Aarogya Hospital Nepalgunj

सरसफाई कार्यक्रममा समाजसेवी, युवा, बिद्यार्थी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । १५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार बाँकेमा विविध कार्यक्रम भइरहेका छन् ।