तस्करीको पेय पदार्थ डिउ धमाधम पक्राउ गर्दै बाँके प्रहरी


तस्करीको पेय पदार्थ डिउ धमाधम पक्राउ गर्दै बाँके प्रहरी

नेपालगन्ज १६ जेठ : भारतको रुपैडिहा हुँदै नेपालगन्ज भित्रिरहेका चिसो पेय पदार्थ डिउ र कोकाकोलाको तस्करी रोक्न बाँके प्रहरी कस्सिएको छ । डिउ र कोकाकोला तस्करी गरेको भेटिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिन थालेकोछ ।

डिउ र कोकाकोला तस्करीको समाचार सेतोखरीले जेठ १५ गते प्रकाशित गरेपछि बाँके प्रहरी यतिखेर उक्त पेय पदार्थको तस्करी रोक्न कस्सिएको हो । रुपैडिहा नाका भएर नेपालगन्ज तस्करी हुने डिउका जम्बो बोतलहरु बाँके प्रहरीले जमुनाह नाकाबाटै धमाधम नियन्त्रणमा लिइरहेकोछ ।

डिउ र कोकाकोला भारतमा सस्तो पर्ने हुँदा नेपालमा तस्करी हुने गरेको छ । जसका कारण नेपाली उपभोक्ता मारमा परिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मुधुसुदन न्यौपानेले चिसो पेय पदार्थ डिउ, कोक, स्प्राइट र फेन्टाको तस्करी रोक्न बाँके प्रहरीले कडा कदम चालेको जानकारी दिए ।

रुपैडिहाबाट नेपालगन्ज तस्करी गरी ल्याउन लागिएका डिउ र कोकलाई जमुनाह प्रहरीले नियन्त्रणमा लिइ जफत गरिरहेकोछ । प्रहरीले डिउ लगायतका चिसो पेय पदार्थ लिएर आउने कतिपयलाई रुपैडिहा नै फर्कादिन थालेको छ भने अटेर गरे बिर्को खोलेर नष्ट गरिदिने गरेको डिएसपी न्यौपाले सेतोखरीलाई जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके प्रहरी प्रवक्ता समेत रहेका डिएसपी न्यौपानले सीमानाका जमुनाह प्रहरी, सीमावर्ती प्रहरी चौकी युनिटलाई कडा निर्देशन दिदैँ पेय पदार्थ डिउ, स्प्राइट, कोकलाई नियन्त्रणमा लिन निर्देशन दिएका हुन् ।

उनले भारतीय कुनै पनि सीमानाकाबाट एउटा पनि पेय पदार्थ भित्राउन नदिन निर्देशन दिएको सेतोखरीलाई जानकरी दिए । डिएसपीको यस्तो निर्देशनमा सीमावर्ती नाका जमुनाह लगायत, साईगाउँ, बेलभार, होलिया र नरैनापुर लगायतको भारतीय सीमामा प्रहरीले कडा निगरानी गरेकोछ ।

यता भारतीय सीमानाका जमुनाहाको सुरक्षा ब्यवस्था कडा पारिएको ईलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए ।

केही समय अघि मात्र जमुनाहको कमाण्ड सम्हालेका जमुनाह प्रहरी इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक रिजालले बाँके प्रहरीको निर्देशनमा सीमानाकामा सुरक्षा ब्यवस्था कडा पारेको बताए ।

बाँके प्रहरी प्रवक्ता न्यौपानेले दिएको निर्देशनलाई द्रुत गतीमा कार्यान्वयन गर्दै जमुनाह प्रहरी ईन्चार्जले सोमबार दुई दर्जन बढि कोक, स्प्राइट, डिउ, फेन्टा लगायतका चिसो पेय पदार्थ नियन्त्रणमा लिएको जानकरी दिए ।

जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी हुने गरेकोछ । गर्मी बढेसंगै भारतीय बजार रुपैडिहाबाट दिनहुँ करिब १६ लाखको कोक, डिउ, फेन्टा र स्प्राईट जस्ता पेय पदार्थ तस्करी हुने गरेको पाइएको हो ।

दिनहुँ ठूलो मात्रामा डिउ तस्करी भइरहँदा सम्बन्धित सरोकारवाला निकाय मौन बसिरहेका बेला सेतोखरीले आईताबर समाचार प्रकाशन गरेको थियो । युनिलिभरका कुनैपनि उत्पादन एक देशदेखि अर्को देश लान पाइदैन । यो गैरकानूनी हो ।

खुलेयाम भारतमा उत्पादित यस्ता पेय पदार्थ तस्करी भइरहदाँ रोक्ने काम समेत नहुँदा भारतमा उत्पादित यी पेय पदार्थ नेपाली बजारभन्दा केही सस्तो हुने भएकाले दिनहुँ पैदल, मोटरसाईकल तथा रिक्सामा घरेलु प्रयोजनका लागि भन्दै नेपाल तस्करी हुदैँ आएको छ ।

नेपालगन्जमा भण्डारण गर्ने र महंगोमा बेच्ने हुदाँ नेपालमा उत्पादन हुने कोक, डिउ, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ विक्री वितरणमा समेत भारी गिरावट आएको छ । भन्सार छलि गरि भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याइएका यस्ता पेय पदार्थले नेपाली बजारमा कब्जा जमाइरहँदा यहाँको ब्यापार व्यवसाय धरासय बन्दै गएको छ ।

भारतीय बजारबाट भन्सार छलि गरि ल्याइएका कोक, फेन्टा, स्प्राईट, डिउ जस्ता पेय पदार्थको एउटै बोतलमा ५०–६० रुपैयाँसम्म नाफा खाने गरेका छन् । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले दिनहुँ सयौं मान्छेले क्यारिङ्ग गरि नेपालगन्जका पसल–पसलमा बेच्ने गरेकाछन् । यसरी घरेलु प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ नेपालगन्जमा भण्डार गरि नेपालगन्ज र छिमेकी जिल्लाहरुमा समेत महंगोमा बेच्ने गरिएकोछ ।

थप समाचार

जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी