नेपालगन्ज १७ जेठ : ‘कबड्डी ४ः द फाइनल म्याच’ की नायिका मिरुना मगरविरुद्ध चर्को विरोध भएकोछ ।
आफूलाई ‘नियतवश छोएको’ भन्दै ‘कबड्डी ४ः द फाइनल म्याच’ हेर्न आएका दर्शकलाई झापड हानेर प्रहरीको जिम्मा लगाएकी फिल्मकी अभिनेत्री मिरुनाको उल्टै आलोचना भएको हो ।
सामाजिक सञ्जालदेखि सडकमा मिरुनाले ‘निर्दोष’लाई आरोप लगाएको भन्दै उनको विरोध भएको छ । मंगलबार बिहान मात्रै चाबहिलस्थित केएल टावरमा दर्शकले फिल्मको पोस्टर च्यात्ने तथा जलाउनेदेखि फिल्मको प्रदर्शन बन्द गर्न दबाब दिँदै नाराबाजी समेत गरेका छन् ।
आईतबार सिभिल मलमा फिल्म हेरेर निस्किने क्रममा ‘कबड्डी ४ः द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरलाई ‘छोएको’ आरोपमा फुर्वा तामाङ पक्राउ परेका थिए । आफूले नियतवस नछोएको भन्दै माफी समेत मागेका फुर्वालाई प्रहरी बोलाएर पक्राउ गराएको भन्दै मिरुनाको विरोध भएको छ ।
हाल सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया र केही ठाउँमा फिल्मको पोस्टर जलाउने र आन्दोलन गर्ने सम्मका काम भइरहेका छन् ।
आईतबार फिल्म हेरेर फर्किने क्रममा तामाङले अभिनेत्री मिरुना मगरलाई ‘छोए’पछि उनले तामाङलाई झापड हानेकी थिइन् । तामाङले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घट्नापछि सामाजिक सञ्जालदेखि सडकमा पनि यो मुद्दा तातेको छ । तामाङले आफूले नियतशव नभइ झुक्किएर छोएको र सबैको सामुन्ने माफी समेत मागेको बताइएको छ । तर, ‘अन्जान’मा गल्ती गरिएको व्यक्तिलाई प्रहरी हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जालदेखि सडकमा पनि ‘कबड्डी–४’को विरोध भइरहेको छ । तामाङलाई बिना कुनै सजाय छाड्नुपर्ने प्रदर्शनमा उत्रिएकाहरुको माग छ ।
यता फिल्मको निर्माण पक्षले भने फिल्मको व्यापार र प्रदर्शनमा असर पर्ने भएकाले बुद्धिस्ट संघसंस्थासँग वार्ता गरिरहेको बताइएको छ ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो