लिङ्देनले सरकारलाई भने: इतिहासको सम्मान गर्न सिक


लिङ्देनले सरकारलाई भने: इतिहासको सम्मान गर्न सिक

नेपालगन्ज १९ जेठ : नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापित स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक २४ घण्टा नबित्दै हटाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् ।

धम्बोझी चोकको शालिक स्थानीय प्रशासनले प्रहरीको बल प्रयोग गरेर हटाएपछि लिङ्देनले गठबन्धन सरकारलाई इतिहासको सम्मान गर्न आग्रह गरेका हुन् ।

उनले नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित वीरेन्द्रको शालिकमाथि सरकार पक्षबाट तोडफोड भएको पनि बताएका छन् ।

‘स्वर्गीय राजा वीरेन्द्रको सालिकमा सरकार पक्षबाट भएको तोडफोड र जनसाधारण माथिको धरपकडमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु ।’

Kids Festival 2022
kanti aarogya hospital

वीरेन्द्रको शालिक हटाएपछि आक्रोशित समुहले सहिद सेतु विकको शालिक फोडे