वीरेन्द्रको शालिक हटाएपछि आक्रोशित समुहले सहिद सेतु विकको शालिक फोडे


वीरेन्द्रको शालिक हटाएपछि आक्रोशित समुहले सहिद सेतु विकको शालिक फोडे

नेपालगन्ज १९ जेठ : नेपालगन्जको धम्बोझी चोकमा बिहीबार विहान एकाएक तनावको अवस्था सिर्जना भयो । स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहारसमेत ग¥यो ।

२०६२÷६३ को जनआन्दोलनमा धम्बोझी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज (२०५८ जेठ १९ गते) दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गरे ।

उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राखेका थिए । तर शालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर वीरेन्द्रको शालिक त्यहाँबाट हटायो ।

प्रहरीले राजा वीरेन्द्रको शालिक हटाएपछि आक्रोसित युवाको समुह र प्रहरीबीच दोहोरो झडप भयो । दोहोरो झडप उग्र बन्दै गएपछि प्रहरीले थप बल प्रयोग गर्दा युवाको ढुंगा प्रहारबाट ९ जना प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउण्ड हवाई फायर गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले झडपमा ९ जना प्रहरी घाईते भएको जनाकारी दिए । घाईते प्रहरीको टाउको, ढाड, हातखुट्टामा चोट लागेपनि अवस्था सामान्य रहेको बतए ।

प्रहरीले बल प्रयोग नगरेको भन्दै डिएसपी न्यौपानेले भने–‘प्रहरीलाई घेरा हालेर इटा, ढुङ्गाले हानेर मार्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेको भए आक्रोशित भिडका नागरिक घाइते हुनेथिए त्यसो भएन नी ।’

प्रहरीको संयता र कुशलताले अनपेक्षित ठूलो दुर्घटना हुनबाट जोगिएको उनले बताए । उनले प्रहरी नियन्त्रणमा लिइएको शालिक सुरक्षित राखिएको बताए ।

यसैबीच, वीरेन्द्रको शालिक प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोसित युवाको समुहले न्यूरोड स्थित सेतु विक चोकमा राखिएको सेतु विकको शालिक पनि तोडफोड गरेकाछन् ।

दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म उक्त स्थानमा राजा ज्ञानेन्द्रको नामबाट चोकको नामाकरण गरिएको थियो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट उक्त स्थानलाई सेतु विक चोक नामाकरण गरि उनकै शालिक राखियो ।