नेपालगन्ज १९ जेठ : नेपालगन्जको धम्बोझी चोकमा बिहीबार विहान एकाएक तनावको अवस्था सिर्जना भयो । स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहारसमेत ग¥यो ।
२०६२÷६३ को जनआन्दोलनमा धम्बोझी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज (२०५८ जेठ १९ गते) दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गरे ।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राखेका थिए । तर शालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर वीरेन्द्रको शालिक त्यहाँबाट हटायो ।
प्रहरीले राजा वीरेन्द्रको शालिक हटाएपछि आक्रोसित युवाको समुह र प्रहरीबीच दोहोरो झडप भयो । दोहोरो झडप उग्र बन्दै गएपछि प्रहरीले थप बल प्रयोग गर्दा युवाको ढुंगा प्रहारबाट ९ जना प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउण्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले झडपमा ९ जना प्रहरी घाईते भएको जनाकारी दिए । घाईते प्रहरीको टाउको, ढाड, हातखुट्टामा चोट लागेपनि अवस्था सामान्य रहेको बतए ।
प्रहरीले बल प्रयोग नगरेको भन्दै डिएसपी न्यौपानेले भने–‘प्रहरीलाई घेरा हालेर इटा, ढुङ्गाले हानेर मार्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेको भए आक्रोशित भिडका नागरिक घाइते हुनेथिए त्यसो भएन नी ।’
प्रहरीको संयता र कुशलताले अनपेक्षित ठूलो दुर्घटना हुनबाट जोगिएको उनले बताए । उनले प्रहरी नियन्त्रणमा लिइएको शालिक सुरक्षित राखिएको बताए ।
यसैबीच, वीरेन्द्रको शालिक प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोसित युवाको समुहले न्यूरोड स्थित सेतु विक चोकमा राखिएको सेतु विकको शालिक पनि तोडफोड गरेकाछन् ।
दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म उक्त स्थानमा राजा ज्ञानेन्द्रको नामबाट चोकको नामाकरण गरिएको थियो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट उक्त स्थानलाई सेतु विक चोक नामाकरण गरि उनकै शालिक राखियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’