नेपालगन्ज २१ जेठ : नेपालगन्ज न्यूरोडस्थित सहिद सेतु विकको शालिक मर्मतका नाममा टालटुल गर्दा कुरुप बनेकोछ ।
दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर वीरेन्द्रको शालिक नेपालगन्जको धम्बोझी चोकमा पुनस्थापना गर्नेक्रममा आक्रोसित युवाको समुहले गत जेठ १३ गते सेतु विक चोकमा रहेको सहिद सेतु विकको शालिक फोडेका थिए ।
सेतु विकको शालिक फोडिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय सर्वदलिय बैठकमा नेपालगन्ज मेयर प्रशान्त विष्टले फोडिएको शहिद सेतु विकको शालिक उपमहानगरपालिकाले मर्मत गर्ने बताएका थिए ।
तोेडफोड गरिएको शहिद सेतु विकको शालिकमाथि देखावटी मर्मत गरियो । शनिबार २१ मार्च आर्थात अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मुलन दिवसका अवसरमा फुटालिएको सेतु विकको शालिकको भागलाई सिमेन्ट र बालुवाले टालटुल गरिएको हो ।
दिवस मनाउने क्रममा फुटेको शालिकमा सिमेन्ट र बालुवाको लगाएर टालटुल पारेपछि शहिद सेतु विकको शालिक कुरुप बनेको हो ।
दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म उक्त स्थानमा राजा ज्ञानेन्द्रको नामबाट चोकको नामाकरण गरिएको थियो । पछि जनआन्दोलनमा शहिद भएकी सेतु विकको नामबाट उक्त स्थानलाई शहिद सेतु विक चोक नामाकरण गरि उनकै शालिक राखियो ।
राजा वीरेन्द्रको शालिक धम्बोझी चोकमा राखेपछि उत्पन्न तनावका कारण आक्रोसित एक युवाको समहुले सेतु विकको शालिक तोडफोड गरेका थिए । सेतु विकको शालिक फोडिएपछि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दल, अधिकारकर्मी, विभिन्न संघसंस्थाले विरोध गर्दै दोषीलाई कारबाही र यस्ता घटना दोहोरिन नदिन सबैलाई अपील गरेकाछन् ।
थप समाचार
वीरेन्द्रको शालिक हटाएपछि आक्रोशित समुहले सहिद सेतु विकको शालिक फोडे