File Photo
नेपालगन्ज २३ जेठः भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि प्रभाव देखिएको छ । अधिकांस नेपाली भारतका विभिन्न शहरमा काम गर्ने पुगेको र त्यहाँबाट फर्किने नेपालीबाट विगतझै पुनः कोरोना संक्रमण निम्तिन थालेको हो ।
यसैक्रममा भारतबाट फर्किएका ३ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । भारतको रुपैडिहा हुँदै नेपालगन्ज आइपुगेका ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले बताए ।
‘केही दिन यता जमुनाहा नाकामा भारतका विभिन्न स्थानबाट आउने नेपालीहरुमा कोभिड पुष्टी भइरहेको छ,’ उनले भने । फोकल पर्शन ओलीका अनुसार सोमबार बिहान मात्र दैलेख, प्युठान र जाजरकोटका १/१ जना गरि ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो । फोकल पर्शन ओलीले कोरोना संक्रमण पुनः देखिन थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’