ढल ब्यवस्थापनमा मेडिकल कलेजको बदमासी, नगरपालिकाले पत्र काट्यो


ढल ब्यवस्थापनमा मेडिकल कलेजको बदमासी, नगरपालिकाले पत्र काट्यो

कोहलपुर २५ जेठ : कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले ढल व्यवस्थापनमा लापरबाही गरेको भन्दै नेपालगन्ज मेडिकल कलेजलाई पत्र काटेका छन् ।

वर्षौंदेखि ढल व्यवस्थापनमा वातावरण प्रतिकूल काम गरिरहेको भन्दै मेयर आचार्यले नेपालगन्ज मेडिकल कलेजलाई पत्र काटेका हुन् ।

अस्पतालबाट दैनिकरुपमा उत्सर्ग हुने फोहर पदार्थ र केमिकलजन्य ढल मेडिकल कलेजले सोझै डुडुुवा खोलामा विर्सजन गरिरहेको पाइएपछि कोहलपुर नगरपालिकाले यस्तो कदम चालेको हो ।

कोहलपुरस्थित डुडुवा खोलामा अस्पतालजन्य फोहर र केमिकलयुक्त घातक ढल मिसाउँदा वातावरण प्रदुषणसंगै जैविक विविधता नष्ट भइरहेकोप्रति चासो राख्दै मेयर आचार्यले पत्र काटेको बताएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘मैले पहिलो पत्र काटेको छु, ढल व्यवस्थापनमा भइरहेको लापरवाहीलाई नजरअन्दाज गर्न सकिँदैन’ उनले अगाडी थपे–‘वर्षौंदेखि अटेर गरेर दुषित केमिकलयुक्त फोहरमैला खुलेआम डुडुवा खोलामा मिसाउनु गम्भीर गल्ती हो, यसमा नगरपालिकाले विशेष चासो दिएको छ ।’

उनले अस्पतालको फोहरमैला व्यवस्थापन एवम् ढल निकास मापदण्ड बमोजिम गर्न सचेत गराएका छन् । अटेर गरेको पाएमा कडा कदम चाल्ने उनले बताए । स्थानीय जनताको पटक–पटकको आग्रहलाई अस्पताल स्वयम् तथा यसअघिका मेयर र नगर विकास समितिले बेवास्ता गरेकोमा मेयरमा निर्वाचित भएर आएपछि आचार्यले यो विषयलाई विशेष प्राथमिकता दिएको जानकारी दिए ।