बिद्यार्थी गर्मीले हैरान थिए, वडाले गरिदियो पंखाको जोहो


बिद्यार्थी गर्मीले हैरान थिए, वडाले गरिदियो पंखाको जोहो

गुर्भाकोट(सुर्खेत) १ असार : सुर्खेत गुर्भाकोट– ४ का विद्यालयका विद्यार्थी गर्मीयाममा पंखा अभावमा हैरानी खेप्थे । कक्षाकोठामा गर्मीले पढ्न नमिल्ने भएका कारण रुखको छहारी खोज्दै त्यहा पढाउनुपर्ने बाध्यता थियो ।

नवनिर्वाचित वडा अध्यक्ष राम डाँगीले अनुगमनका क्रममा बिद्यालयको त्यस्तो हैरानी देखेपछि पंखाको व्यवस्था गरिदिएका छन् । वडाअध्यक्ष डाँगी नेतृत्वको टिमले विभिन्न बिद्यालयमा पंखा बितरण गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

गुर्भाकोटको जनसेवा आधारभुत बिद्यालय लगायतलाई पंखा बितरण गरिएको छ । अन्यलाई पनि वितरण गर्ने कार्यक्रम छ । वडा अध्यक्ष डाँगीले बिद्यार्थीलाई आरामदायी तरिका पढ्ने वातावरण निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताए ।