गुर्भाकोट(सुर्खेत) १ असार : सुर्खेत गुर्भाकोट– ४ का विद्यालयका विद्यार्थी गर्मीयाममा पंखा अभावमा हैरानी खेप्थे । कक्षाकोठामा गर्मीले पढ्न नमिल्ने भएका कारण रुखको छहारी खोज्दै त्यहा पढाउनुपर्ने बाध्यता थियो ।
नवनिर्वाचित वडा अध्यक्ष राम डाँगीले अनुगमनका क्रममा बिद्यालयको त्यस्तो हैरानी देखेपछि पंखाको व्यवस्था गरिदिएका छन् । वडाअध्यक्ष डाँगी नेतृत्वको टिमले विभिन्न बिद्यालयमा पंखा बितरण गरेका छन् ।
गुर्भाकोटको जनसेवा आधारभुत बिद्यालय लगायतलाई पंखा बितरण गरिएको छ । अन्यलाई पनि वितरण गर्ने कार्यक्रम छ । वडा अध्यक्ष डाँगीले बिद्यार्थीलाई आरामदायी तरिका पढ्ने वातावरण निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताए ।
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव