पाँच दिने आधारभुत पत्रकारिता तालिम समापन


पाँच दिने आधारभुत पत्रकारिता तालिम समापन

नेपालगन्ज ३ असारः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ९ मा सञ्चालित आधारभूत पत्रकारिता तालिम शुक्रबार समापन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –९ को सहयोगमा समृद्धिका लागि सञ्चार नेपाल, बाँकेले सोमबारबाट उक्त तालिम सञ्चालनमा ल्याएको थियो ।

पाँच दिनसम्म सञ्चालित उक्त तालिममा सहभागीलाई पत्रकारिता सम्बन्धी आधारभुत जानकारी दिइएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज –९ का वडाअध्यक्ष गोविन्दप्रसाद रेग्मीले आधारभुत पत्रकारिता तालिम लिएका प्रशिक्षार्थीलाई सत्य र तथ्यमा आधारित समाचार बनाउन आग्रह गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

वडाले गरेका राम्रा कामको उजागर र नराम्रा कामको सुधार गर्न बल पुग्ने खालका समाचार लेख्न उनले सुझाव दिए । संस्थाका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा वडाअध्यक्ष रेग्मीसहित वडा सदस्य जयन्ती केसी, ज्ञानबहादुर लामा र मिना नेपाली, द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेका उपाध्यक्ष लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गरे ।

वडामा पत्रकार उत्पादन गरी समग्र वडाको विकास र समृद्धिका पक्षमा कलम चलाउन उत्प्रेरित गर्न तालिम फलदायी भएको बोल्ने बक्ताले प्रतिक्रिया दिए । उक्त तालिममा पत्रकार विश्वराज पछलडङ्ग्या, अर्जुन ओली, चित्रबहादुर केसी, बिमला चौधरी र विजय मल्लले प्रशिक्षण दिएका थिए ।