नेपालगन्ज ३ असारः नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ९ मा सञ्चालित आधारभूत पत्रकारिता तालिम शुक्रबार समापन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –९ को सहयोगमा समृद्धिका लागि सञ्चार नेपाल, बाँकेले सोमबारबाट उक्त तालिम सञ्चालनमा ल्याएको थियो ।
पाँच दिनसम्म सञ्चालित उक्त तालिममा सहभागीलाई पत्रकारिता सम्बन्धी आधारभुत जानकारी दिइएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज –९ का वडाअध्यक्ष गोविन्दप्रसाद रेग्मीले आधारभुत पत्रकारिता तालिम लिएका प्रशिक्षार्थीलाई सत्य र तथ्यमा आधारित समाचार बनाउन आग्रह गरे ।
वडाले गरेका राम्रा कामको उजागर र नराम्रा कामको सुधार गर्न बल पुग्ने खालका समाचार लेख्न उनले सुझाव दिए । संस्थाका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा वडाअध्यक्ष रेग्मीसहित वडा सदस्य जयन्ती केसी, ज्ञानबहादुर लामा र मिना नेपाली, द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेका उपाध्यक्ष लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गरे ।
वडामा पत्रकार उत्पादन गरी समग्र वडाको विकास र समृद्धिका पक्षमा कलम चलाउन उत्प्रेरित गर्न तालिम फलदायी भएको बोल्ने बक्ताले प्रतिक्रिया दिए । उक्त तालिममा पत्रकार विश्वराज पछलडङ्ग्या, अर्जुन ओली, चित्रबहादुर केसी, बिमला चौधरी र विजय मल्लले प्रशिक्षण दिएका थिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु