नेपालगन्ज ४ असार : नेपाल सेवा केन्द्र, बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १२ बेलासपुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा बेलासपुरका तीन सय जनाले स्वास्थ्य जाँच गराएका थिए ।
उक्त शिविरमा विषेश गरि जनरल चेकअप छाति, टाउको, पेट आदीमा समस्या भएका विरामीहरुलाई सेवा उपलब्ध गराईएको कुरा आयोजक नेपाल सेवा केन्द्र बाँकेकी अध्यक्ष नर्स अनिता थापाले जानकारी दिइन् ।

स्वास्थ्य शिविरमा आएका विरामीहरुलाई शिविरमा उपलब्ध गराइएको कार्ड आफ्नो क्लीनिकमा आई देखाएमा चेकजाँच निःशुल्क र इन्भेष्टिगेशनमा २५ प्रतिशतसम्म छुट गराइने फिजिसियन डाक्टर प्रकाश नागले जानकारी दिए ।
नेपाल सेवा केन्द्र, बाँकेका सवै पदाधिकारीहरु उपस्थित रहेको उक्त शिविरमा डाक्टर प्रकाश नाग, नर्सहरु झरना खडका, चित्रा खडका र अनिता थापा लगाएतले विरामीहरुको चेकजाँच गरेका थिए ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गराउन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ का वडाअध्यक्ष तरुण बज्रचार्य लगाएत वडा सदस्यहरु समेतको उपस्थिति थियो ।
स्वास्थ्य शिविरमा बोल्दै वडा अध्यक्ष बज्रचार्यले आयोजक संस्थालाई निःशुल्क मानवीय सहयोग गरेकोमा विषेश धन्यवाद समेत दिए ।

निःशुल्क स्वास्थ्य शिविरलाइ आगामी दिनहरुमा नगरका अन्य वडाहरुमा समेत आयोजना गरिने आयोजक संस्थाकी कोषाध्यक्ष झरना खडकाले जानकारी दिइन् ।
संस्थाले शिविर सञ्चालनका लागि सहयोग गर्ने विभिन्न संघसंस्था, सामाजिक अभियान्ताहरु, व्यक्ति सवैलाई धन्यवाद समेत दिएकोछ । साथै गौतम बुद्ध फार्मेसी, यसमिन फार्मेसी, स्टार फर्मेसी, डाक्टर रोमन किदवाईलाई औषधी तथा अन्य सहयोग गरेबापत आभार व्यक्त गरेको छ ।
निःशुल्क स्वास्थ्य शिविरलाई सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेल्ने तथा सहयोग गर्ने नेपाल सेवा केन्द्र, बाँकेका शुभचिन्तक डाक्टर प्रकाश नागलाई विषेश धन्यवाद दिएको संस्थाकी अध्यक्ष नर्स अनिता थापाले जानकारी दिइन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’