जनताको निःशुल्क स्वास्थ्य जाँच गर्दै केन्द्र, तीन सयले लिए लाभ


जनताको निःशुल्क स्वास्थ्य जाँच गर्दै केन्द्र, तीन सयले लिए लाभ

नेपालगन्ज ४ असार : नेपाल सेवा केन्द्र, बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १२ बेलासपुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा बेलासपुरका तीन सय जनाले स्वास्थ्य जाँच गराएका थिए ।

उक्त शिविरमा विषेश गरि जनरल चेकअप छाति, टाउको, पेट आदीमा समस्या भएका विरामीहरुलाई सेवा उपलब्ध गराईएको कुरा आयोजक नेपाल सेवा केन्द्र बाँकेकी अध्यक्ष नर्स अनिता थापाले जानकारी दिइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्वास्थ्य शिविरमा आएका विरामीहरुलाई शिविरमा उपलब्ध गराइएको कार्ड आफ्नो क्लीनिकमा आई देखाएमा चेकजाँच निःशुल्क र इन्भेष्टिगेशनमा २५ प्रतिशतसम्म छुट गराइने फिजिसियन डाक्टर प्रकाश नागले जानकारी दिए ।

नेपाल सेवा केन्द्र, बाँकेका सवै पदाधिकारीहरु उपस्थित रहेको उक्त शिविरमा डाक्टर प्रकाश नाग, नर्सहरु झरना खडका, चित्रा खडका र अनिता थापा लगाएतले विरामीहरुको चेकजाँच गरेका थिए ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गराउन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ का वडाअध्यक्ष तरुण बज्रचार्य लगाएत वडा सदस्यहरु समेतको उपस्थिति थियो ।

स्वास्थ्य शिविरमा बोल्दै वडा अध्यक्ष बज्रचार्यले आयोजक संस्थालाई निःशुल्क मानवीय सहयोग गरेकोमा विषेश धन्यवाद समेत दिए ।

निःशुल्क स्वास्थ्य शिविरलाइ आगामी दिनहरुमा नगरका अन्य वडाहरुमा समेत आयोजना गरिने आयोजक संस्थाकी कोषाध्यक्ष झरना खडकाले जानकारी दिइन् ।

संस्थाले शिविर सञ्चालनका लागि सहयोग गर्ने विभिन्न संघसंस्था, सामाजिक अभियान्ताहरु, व्यक्ति सवैलाई धन्यवाद समेत दिएकोछ । साथै गौतम बुद्ध फार्मेसी, यसमिन फार्मेसी, स्टार फर्मेसी, डाक्टर रोमन किदवाईलाई औषधी तथा अन्य सहयोग गरेबापत आभार व्यक्त गरेको छ ।

निःशुल्क स्वास्थ्य शिविरलाई सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेल्ने तथा सहयोग गर्ने नेपाल सेवा केन्द्र, बाँकेका शुभचिन्तक डाक्टर प्रकाश नागलाई विषेश धन्यवाद दिएको संस्थाकी अध्यक्ष नर्स अनिता थापाले जानकारी दिइन् ।