नेपालगन्ज ६ असार : बाँकेको राप्तीनदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्दार अभ्यास गरिएको छ ।
बाढीमा फसेका व्यक्तिको वर बोट, मोटर बोट, गोताखोरको प्रयोगबाट खोज तथा उद्दार, वेपत्ताको खोजी, घाइतेको प्राथमिक उपचार विधिलाई अभ्यासमा देखाइएको थियो ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके र विभिन्न संघ संस्थाको सहकार्यमा सो अभ्यास कार्यक्रम गरिएको हो ।
बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा बाढीसम्बन्धी कृतिम घट्ना अभ्यास गरिएको छ । यसवर्ष मनसुनबाट ठूलो क्षति हुने आँकलन गरिएसँगै क्षतिको न्यूनिकरणका गर्न विपदको पूर्व तयारीका लागि बाढीसम्बन्धी कृतिम घट्ना अभ्यासलाई निरन्तरता दिइएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।
मन्त्री शर्माले विपद्सम्बन्धी कार्यक्रम गर्न केही ढिला भएपनि यो कार्यक्रम एकदमै प्रभावकारी हुने जानकारी दिदै भने–‘अहिले वर्षातको बेलामा अभ्यास गरियो । यसको खासै महत्व छैन भन्नेहरु पनि छन तर, त्यसो होईन अभ्यासले निखार ल्याउने र बाढी पहिरो लगायतका प्राकृतिक घट्ना अचानक हुने विपद्बाट बच्न यो अभ्यास कार्यक्रमले सहयोग गर्छ ।’
उनले अभ्यास कार्यमा सुरक्षा निकायका सबै अंग, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना राष्ट्रिय अनुसंन्धान, रेडक्रश तथा बिपदका क्षेत्रमा सहयोग पुराउने बिभिन्न संघ संस्थाहरुले सहभागिता रहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मनसुन पूर्वको खोज उद्दार र बाढीबाट हुनसक्ने जोखिम कम गर्न विपद प्रतिकार्य अभ्यास प्रभावकारी हुने बताए ।
उनले बाँके अत्यन्त जाखिममा रहेको उल्लेख गर्दै यस प्रकारको अभ्यासले बिपदको बेलामा क्षति न्युनिकरण गर्नमा मद्दत पुग्न दाबी गरे ।
जिल्ला विपद व्यवस्थापन समितिको संयोजक समेत रहेका उनले यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुनसक्ने पूर्व आँकलन गरिए अनुसार सबै सुरक्षा निकाय, पालिका, रेडक्रसलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।
कृतिम घटना अभ्यास हेनर्् राप्ती नदी किनारमा पुगेका स्थानीय दुर्गाप्रसाद पाण्डेले यस्ता पूर्व अभ्यासका कार्यक्रम बाढीबाट प्रभावित भएका स्थानमा गर्दा अझ प्रभावकारी हुने बताए । उनले भने–‘यो अभ्यास बाढीको जोखिममा रहेका गाउका स्थानीयलाई सहभागि गराउनु परो, प्रहरी र उद्दारकर्ता आउदा सम्म स्थानीयले धेरै उद्दारका काम गरि सक्ने थिए ।’
वर्षौदेखि बाढीको मारमा परेको र स्थानीयलाई पनि विपदबाट जोगिन तालिमको व्यवस्था गर्नुपर्ने उनको माग थियो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकारी रुपन ज्ञवालीले विपदसम्बन्धी पूर्व अभ्यास कार्यक्रमले बाढीजन्य विपदबाट जोगिन ठूलो सहयोग गरेको बताए ।
जिल्ला प्रशासन कार्यालयले उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान गर्ने, पालिकाभित्र भएको विपदमा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने जस्ता काम पूरा गरेको जनाएको छ । कार्यक्रममा विभिन्न संघ संस्था, सुरक्षा निकायका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’