नेपालगन्ज ७ असार : ‘मानवताका लागि योग’ भन्ने नाराका साथ आठौं विश्व योग दिवस नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
योग समिति नेपालको केन्द्रिय कार्यालय न्यूरोडबाट ब्याण्ड बाजासहित निस्केको ¥याली सेतु विक चोक न्यूरोड, सदरलाइन हँुदै महेन्द्र पार्कमा पुगेर सभामा परिणत भएको थियो । सोक्रममा योगअभ्यास समेत गरिएको थियो ।
समितिका अध्यक्ष एवम् योग गुरु गिरीराज भट्टराइको सभापतित्वमा भएको कार्र्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताए ।
उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेको प्रति धन्यवाद दिदैँ नेपालगन्जलाई योगमय बनाउने समेत विश्वास दिलाए ।
सो अवसरमा योग गुरु भट्टराईले पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको बताए । मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको योगले शारीरिक, मानसिकसंगै आध्यात्मिक विकासमा टेवा पुग्ने भएकाले योगको प्रर्बद्धन र योगगर्ने बानीको विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बाँके आयुर्वेदिक कार्यालयका प्रमुख अनिल चौधरी, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, राजनबहादुर राना मगर लगायतले शुभकामना दिएका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’