नेपालगन्जमा मनाइयो योग दिवस


नेपालगन्जमा मनाइयो योग दिवस

नेपालगन्ज ७ असार : ‘मानवताका लागि योग’ भन्ने नाराका साथ आठौं विश्व योग दिवस नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

योग समिति नेपालको केन्द्रिय कार्यालय न्यूरोडबाट ब्याण्ड बाजासहित निस्केको ¥याली सेतु विक चोक न्यूरोड, सदरलाइन हँुदै महेन्द्र पार्कमा पुगेर सभामा परिणत भएको थियो । सोक्रममा योगअभ्यास समेत गरिएको थियो ।

समितिका अध्यक्ष एवम् योग गुरु गिरीराज भट्टराइको सभापतित्वमा भएको कार्र्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले सबैले योग गर्ने जरुरी रहेको बताए ।

उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योग अभ्यास गराउने काम गरेको प्रति धन्यवाद दिदैँ नेपालगन्जलाई योगमय बनाउने समेत विश्वास दिलाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सो अवसरमा योग गुरु भट्टराईले पछिल्लो समय मानिसहरु योगप्रति आकर्षित भइरहेको बताए । मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको योगले शारीरिक, मानसिकसंगै आध्यात्मिक विकासमा टेवा पुग्ने भएकाले योगको प्रर्बद्धन र योगगर्ने बानीको विकास गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बाँके आयुर्वेदिक कार्यालयका प्रमुख अनिल चौधरी, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, राजनबहादुर राना मगर लगायतले शुभकामना दिएका थिए ।