सुराकीले दिएको सूचनाका आधारमा प्रहरीद्वारा करिब तीन सय बोरा चिनी बरामद
जिप्रका बाँके नजिकै रहेको नन्दनी मिलको कम्पाउण्डभित्र प्रहरी नपुग्दै विभिन्न सवारी साधनमा लोड गरिरहेको भारतबाट भित्र्याइएको अबैध चिनी । तस्विरः सेतोखरी
नेपालगन्ज ९ असार : भारतबाट सेटिङ्गमा दैनिक सयौं कुन्टल अबैध चिनी नेपालगन्ज भित्रिने गरेकोछ । विगत लामो समयदेखि सीमा क्षेत्रबाट सेटीङ्गमा राजश्व छली गरेर ठूलो मात्रामा चिनी नेपाल भित्रिने गरेको हो ।
अबैध चिनी तस्करीको सूचना आएपछि वडा प्रहरी कार्यालय नेपालगन्जले सक्रियता देखाएको थियो । वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले बिहीबार नेपालगन्जबाट ठूलो मात्रामा अबैध चिनी बरामद गरेको छ ।
प्रहरीले नेपालगन्जको जिल्ला प्रहरी कार्यालय नजिक रहेको नन्दनी मिल परिसरबाट करिब ३ सय बढि बोरा अबैध चिनी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्बर बमले उक्त चिनी बरामद भएको पुष्टि गरे ।
‘नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौं’ सेतोखरीसंग कुरा गर्दै प्रहरी निरीक्षक बमले भने–‘ठूलो मात्रामा बरामद चिनी बरामद गरेकाले रुजु गरि हायर गरेर ल्याएको ट्रकमा लोड गर्दैछौं ।’
नन्दनी मिलको गोदाम परिसरबाटै ठूलो मात्रामा अबैध चिनी बरामद गरिएपनि बाँके प्रहरीले बेवारिसे अवस्थामा फेला परेको दावि गरिरहेकोछ ।
वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँके नजिकै रहेको नन्दनी मिलको गोदाम भित्रबाट उक्त चिनी बरामद गरेको हो ।
भारतीय सीमानाकाबाट दैनिक सयौं कुन्टलका चिनी नेपाल भित्रिन्छ तर, नेपाल प्रहरीलाई थाहा हुँदैन । यसरी तस्करी गरि ल्याइएको चिनी नेपालगन्जका विभिन्न गोदाममा भण्डारण गरि राखिन्छ ।
बाँकेमा विशेषगरि सेटिङ्गमै जमुनाह, हिरमीनिया, साईगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएकोछ ।
भारतबाट तस्करी गरि ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङ लगायतका पहाडी जिल्लामा सम्पलाई गरिन्छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घाटा हुँदै गएको छ भने नेपाली व्यापारीहरुसमेत ठूलो मारमा परेकाछन् ।
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन