वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण


वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण

लम्कीचुहा (कैलाली) १० असार : हिमालयन बैंक लिमिटेडले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ ।

बैंकले नगरपालिकाको वडा नम्बर–२ स्थित श्री जनसेवा माध्यामिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।

विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा सुदूरपश्चिम प्रदेश कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिए ।

जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको रेग्मीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार सम्पन्न कार्यक्रम मुख्यरुपले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरु लगायत १५० जनाको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक शक्तिसिंह कठायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोेज रेग्मी, लम्की शाखाका प्रबन्धक युवराज थापाले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा बैंकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सामग्री सहितको अभ्यास पुस्तिका वितरण गरेको थियो ।