बालसुधार गृहका बालकमा छाला रोग संक्रमण

संघद्वारा स्वास्थ्य जाँच र निःशुल्क औषधी बितरण


बालसुधार गृहका बालकमा छाला रोग संक्रमण

नेपालगन्ज ११ असार : बाँकेको बाल सुधार गृहका बालकमा छाला रोग संक्रमण पाइएकोछ । नेपालगन्ज उपमहानगरपालिका भवनीयापुरमा रहेको उक्त बाल सुधार गृहका बालकमा छाला रोग संक्रमण पाइएको हो ।

बालसुधार गृहका बालकहरुलाई छाला रोगको संक्रमण फैलिएपछि एडभोकेसी फोरमको पहलमा सुधार गृहमा शुक्रबार स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रम सम्पन्न गरिएको छ । फोरमको अनुरोधमा औषधी ब्यवसायी संघ बाँकेले आफ्नो ४९ औं स्थापना दिवसको अवसरमा सुधार गृहमा रहेका ७१ बालकहरुको स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी बितरण गरेको हो ।

नेपाल औषधी ब्यवसायी संघ बाँकेका अध्यक्ष बसन्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ लुम्बिनी प्रदेश उपाध्यक्ष अभयकुमार बस्नेत सामाजिक उत्तरदायित्व बहन गर्दै संघले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

सुधार गृहका बालकलाई सम्बोधन गर्दै बस्नेतले आफ्नो भबिष्य कसैले बनाई दिने नभई आफै बनाउने भएकाले खराब सोँचबिचार त्यागी सकारात्मक सोँचको बिकास गर्न बालकहरुलाई प्रोत्साहन गरे ।

Kids Festival 2022
kanti aarogya hospital

संघका बाँके महसचिव जिवन शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश उपकोषाध्यक्ष सुदीप खड्का र बाँके उपकोषाध्यक्ष पुर्ण देव गिरिको उपस्थिति रहेको थियो ।

स्वास्थ्य सिविर सञ्चालनको समन्वय गरेका एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतमले बालसुधार गृह, सुधार गृह जस्तो हुनु पर्ने भन्दै सुधार गृहमा रहेका बालकहरुले आधारभूत मानव अधिकार उपभोग गर्न पाउनु पर्नेमा जोड दिए ।

औषधी ब्यवसायी संघको स्वास्थ्य सहयोगले बालकहरुलाई ठुलो राहत भएको जनाउँदै गौतमले भावी दिनमा पनि सहयोगको आवश्यकता रहेको बताए ।

नेपाल औषधी ब्यवसायी संघ बाँकेका अध्यक्ष बसन्त शर्माले ब्यवसायीले पैसा कमाउने मात्रै नभई केही सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले आफ्नो तर्फबाट बालकहरुको हितमा सक्दो काम गरेको जनाउँदै भबिष्यमा पनि सहयोगको अपेक्षा राखेको बताईन ।

सुधार गृहमा रहेका बालकहरुलाई कानूनी परामर्शको आवश्यकता रहेको भन्दै इन्चार्ज मगरले एडभोकेसी फोरमलाई कानूनी साक्षरताका कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेकी थिईन ।