बैजनाथ (बाँके) ११ असार : बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले नीति तथा कार्यक्रम र उपाध्यक्ष निर्मला रोकायले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकता दिइएको छ । कृषि तथा पशु पालन कार्यक्रमलाई स्वरोजगार नीतिका रुपमा अगाडी बढाइने भएको छ । उत्पादनमुखी आय आर्जन कार्यक्रम सञ्चालन गर्दै दिगो विकासको लक्ष्य अवलम्बन गर्ने गाउँपालिकाले नीति बनाएको छ ।
यस्तै स्वास्थ्य, शिक्षा जस्ता विषय पनि गाउँपालिकाको प्राथमिकतामा परेका छन् । यसका लागि प्रविधीमैत्री बिद्यालय बनाइनुका साथै एक विद्यालय एक नर्सको कार्यक्रम गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । उपाध्यक्ष रोकायले कुल ७५ करोड ४१ लाख ९८ हजारको बजेट प्रस्तुत गरेकी छन् ।
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू