बाँके(नरैनापुर) ११ असार : नरैनापुर गाउँपालिकाको ११ औं गाउँसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँ सभामा प्रस्तुत भएको ५१ करोड १० लाखको अनुमानित बजेट पारित भएको हो ।
सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र ५१ करोड १० लाखको बजेट प्रस्तुत गरेका थिए । गाउँसभाले नीति तथा कार्यक्रम र बजेटलाई सर्वसम्मत रुपले पारित गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार गाउँसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेको छ । बजेटका केही विषयमा सहमती नभएपछि नरैनापुरमा शुक्रबार केही समयसम्म गाउँसभा बस्ने अन्यौलता छाएको थियो ।