बाँके(नरैनापुर) ११ असार : नरैनापुर गाउँपालिकाको ११ औं गाउँसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँ सभामा प्रस्तुत भएको ५१ करोड १० लाखको अनुमानित बजेट पारित भएको हो ।
सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र ५१ करोड १० लाखको बजेट प्रस्तुत गरेका थिए । गाउँसभाले नीति तथा कार्यक्रम र बजेटलाई सर्वसम्मत रुपले पारित गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार गाउँसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेको छ । बजेटका केही विषयमा सहमती नभएपछि नरैनापुरमा शुक्रबार केही समयसम्म गाउँसभा बस्ने अन्यौलता छाएको थियो ।
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन