पेय पदार्थ डिउ तस्करी गराउँदै सशस्त्र प्रहरी


पेय पदार्थ डिउ तस्करी गराउँदै सशस्त्र प्रहरी

भारतको रुपैडिहामा बा २ झ ४०५० नम्बरको सशस्त्र प्रहरीको पिकअप गाडीमा डिउ लोड गरिदैँ । नेपाल भित्र्याउन प्रतिबन्धित पेय पदार्थ डिउ सशस्त्र प्रहरीले आफ्नै गाडी राखेर तस्करी गराउने गरेकोछ ।

नेपालगन्ज ११ असारः सरकारले भारतबाट नेपाल भित्र्याउन प्रतिबन्ध (भन्सार समेत नहुने गरि) लगाएको पेय पदार्थहरु सशस्त्र प्रहरीले निर्वाधरुपमा तस्करी हुन दिइरहेकोछ ।

भारतको रुपैडिहाबाट दिनहुँ २ देखि ३ ट्रक सम्म पेय पदार्थ डिउ, पेप्सि, कोकाकोलाहरु दैनिक रुपमा तस्करी भएर नेपालगन्ज भित्रिरहेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले निर्देशन दिएपछि जमुनाहमा रहेको जनपद प्रहरीले कडाई गरेपनि सशस्त्र प्रहरीले भने पेय पदार्थहरु भित्रिन दिइरहेकोछ ।

जमुनाहको मुख्य गेट भन्दा पूर्वतर्फ जहाँ सशस्त्र प्रहरीका चेक प्वाइन्टहरु छन् त्यहीँबाट डिउ, पेप्सि, कोकाकोलाहरु तस्करी भएर भित्रिरहेकाछन् । ती पेय पदार्थ तस्करी हुन दिएबापत रुपैडिहाका ब्यापारिले सशस्त्र प्रहरीलाई मासिकरुपमा पैशा बुझाउने गरेको स्रोतले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यी पेय पदार्थहरु जमुनाह नाकाबाट नभइ त्योभन्दा पूर्वतर्फ सशस्त्र प्रहरीका चेक प्वाईन्ट हुदैँ चौलिका चोकमा आएर नेपालगन्ज भित्रिन्छन् । जबकी सरकारले यस्ता पेय पदार्थलाई नेपाल भित्रिन प्रतिबन्ध लगाएकोछ ।

साईकल, मोटरसाईकलमा क्यारिङ गरेर दैनिक लाखौंका डिउ, कोकाकोला, पेप्सिहरु नेपाल भित्रिदा पनि सशस्त्र प्रहरी पैसाको लोभमा तस्करी गराइरहेकोछ । पेय पदार्थ तस्करीमा साना बालबालिकादेखि ठूला ब्यक्तिसम्म संलग्न रह्काछन् ।

चेक प्वाइन्टमा साइकल र मोटरसाईकलमा डिउ, पेप्सीहरु दुईतिर लट्काएर खुलम्मखुल्ला ल्याइरहँदा पनि ड्युटिमा खटेका सशस्त्र प्रहरीहरुले जफत नगरि खुरुखुरु लैजान दिइरहेको दृष्य देख्न सकिन्छ ।

सीमा सुरुक्षा र तस्करी रोक्नका लागि सशस्त्र प्रहरीलाई नेपाल सरकारले सीमा क्षेत्रमा राखे पनि त्यसको उल्टो सशस्त्र प्रहरी गरिरहँदा सरकारलाई करोडौं राजश्व घाटा लागिरहेकोछ ।

तस्करी हुन दिएबापत ड्युटिमा खटिएका सशस्त्र प्रहरीले साइकल, मोटरसाईकलहरुबाट ५ देखि २० रुपैयाँसम्म चेकजाँचको बहानामा हातमा पैसा चेप्दै जेबमा राख्ने गर्दछन् ।

बेलाबेलामा त सशस्त्र प्रहरीले गाडी नै भारती बजार रुपैडिहा लगेर पेय पदार्थ डिउ गाडीमा राखेर नेपाल तस्करी गराउने गरेको समेत भेटिएकोछ ।

यही असार १० गते शुक्रबार दिउँसो सशस्त्र प्रहरीको गाडी रुपैडिहा गइ पेय पदार्थ डिउ आफ्नै गाडीमा लोड गरेर नेपाल तस्करी गरेको छ । बा २ झ ४०५० नम्बरको सशस्त्र प्रहरीको पिकअप भ्यानमा गाडीभरी डिउ राखेर पर्दाले छोपी रुपैडिहाबाट नेपाल तस्करी गरि ल्याइएकोछ ।