नेपालगन्ज ११ असारः बाँकेमा लागुऔषध मुद्दामा १८५ जना पक्राउ परेको तथ्यांकले देखाएकोछ । चालु आर्थिक वर्षको असार पहिलो सातासम्म लागुऔषधसहित १८५ जना पक्राउ परेका हुन् ।
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शनिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
लागुऔषध प्रयोगकर्ता, कारोबारी, पुनःस्थापना केन्द्रका बारेमा जानकारी दिदैँ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले यस्तो जानकारी दिएका हुन् ।
गत आर्थिक वर्षमा बाँकेमा कुल १९६ जना पक्राउ परेका थिए । जसमा १८५ पुरुष र ११ महिला रहेकोमा १२६ जनालाई मुद्दा चलाइएको थियो ।
चालु आर्थिक वर्षको असार पहिलो सातासम्म १८५ जना पक्राउ परेकाछन् । जसमा १७५ पुरुष र १० जना महिला रहेकाछन् । भने ११२ जनालाई मुद्दा चलाइएकोछ ।
पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गतवर्ष भन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ ।
गत आर्थिक वर्षमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव ३ केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव ४ लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको असार पहिलो सतासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव२८ केजी, कोरेक्स ८ दशमलव ४ लिटर, नाइट्रोजन ४ हजार २५ ट्याब्लेट र ट्रामाडोल २ हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन ।
बाँकेमा २० वटा पुनःस्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । निःशुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन् ।
यसैबीच, लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधीविरुद्ध काम गरिरहेका संघ संस्थाले जनचेतनामूलक विविध गतिविधि गरेका हुन् ।
दिवसको अवसरमा असार ८ देखि कार्यक्रमहरू गरिएको छ । लागुऔषधविरुद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ । १२ गते विहान ७ बजे प्रभातफेरिसँगै समापन हुनेछ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे