नेपालगन्ज १५ असार : लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब बढिको बजेट बहुमतले पारित भएको छ ।
प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार उक्त बजेट पारित भएको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
बुधबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कुलप्रसाद केसीले बजेट कार्यान्वयनमार्फत प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सबैको साथ लिएर सरकार अघि बढ्ने बताए ।
बजेटमाथि छलफलका क्रममा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले भने नीति र कार्यक्रम भन्दा बाहिर गएर चुनाव लक्षित टुक्रे योजनामा रकम बाँड्ने गरी बजेट ल्याइएको भन्दै चर्को आलोचना गरेका थिए ।
प्रदेश प्रहरी र सञ्चार विधेयक पारित
प्रदेश सभाको बुधबारको बैठकबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । दुवै विधेयक कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् ।
प्रदेश सभा वैठकमा मुख्यमन्त्री केसीले माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला खत्री ओलीले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको जानकारी गराएका थिए ।
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन