दुई विधेयक पारित गर्दै नेपालगन्जको ११ औं नगरसभा सम्पन्न


दुई विधेयक पारित गर्दै नेपालगन्जको ११ औं नगरसभा सम्पन्न

नेपालगन्ज १६ असार : नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगरसभा बिहिवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ ।

नगरसभाले नगर उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन गरेको छ ।

नगरसभामा उपमहानगरपालिकामा सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित विदाई गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई गरे ।

यसैगरी सशितकुमार कलवार, रामचरण यादव, रामकृष्ण चौधरी,गगनसिंह साउद, टेकवहादुर केसी,कृष्णवहादुर केसी, नरवहादुर कठायत, उषा राणा, शिवकुमार वृजपति, स्वर्गीय रामसुरेश यादव, कृष्णदेवी वाल्मिकी, भद्रवहादुर शाही, शोभा बाल्मिकी र फकिरे भंगीलाई पनि सम्मान गरिएको प्रशासन महाशाखा प्रमुख राजन केसीले जानकारी दिए ।