नेपालगन्ज १६ असारः थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको बंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा विहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागी पालिका प्रमुखहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि समुदायका सबै बालबालिकाको स्क्रिनिङ गरेर उपचार र त्यसको व्यवस्थापनमा स्थानीय सरकारले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाँकेका थारु बाहुल कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सिकलसेल तथा थालेसेमियाको प्रभाव बढी छ । कोहलपुर नगरपालिकाले ल्याव राखेर त्यही स्क्रिनिङ गर्दै आएको छ भने राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा ल्याव छैन् । जसका कारण त्यहाँ स्क्रिनिङ गर्न समस्या छ ।
सिकलसेल तथा थालेसेमिया विज्ञ डाक्टर राजन पाण्डेले पालिकाहरुले आफ्नो अस्पतालमा ल्याव राख्ने र थालेसेमियाका विरामीका लागि चाहिने औषधि तथा चेकजाँचमा पालिकाले सहयोग गर्ने हो भने बिरामीलाई धेरै राहत हुने बताए ।
सरकारले सिकलसेलका विरामीलाई उपचार खर्चवाफत एक लाख दिने गरेको छ । तर, थालेसेमियाका विरामीलाई भने उपचार खर्च दिने गरेको छैन् ।
दुवै रोग उस्तै–उस्तै खाले र जनस्वास्थ्य समस्याकैरुपमा रहेकाले स्थानीय सरकारले यस्ता विरामीलाई उपचारमा सहयोग पु¥याउनु पर्ने डाक्टर पाण्डेको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेल, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, नरैनापुर गाउँपालिकाका कार्यबहाक प्रमुख जयन्तीदेवी श्रीवास्तव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलगायतको सहभागीता रहेको स्वास्थ्य कार्यालय अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ