नेपालगन्ज १८ असार : नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा बाँकेमा विविध कार्यक्रम गरि मनाइएको छ ।
जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ बाँकेले शनिबार बिहान भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण गर्यो ।
नेविसंघ बाँकेका कार्यबाहक अध्यक्ष चक्र रावतका अनुसार अस्पतालमा उपचार गराइरहेका करिव ३५ जना बिरामीलाई फलफूल वितरण गरिएको हो ।
सो क्रममा काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, काँग्रेस लुम्बिनी प्रदेश समिति सदस्य कृष्ण सापकोटा(चौधरी), जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर– २ का सभापति रमेशकुमार गुप्ता, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका सचिव तोजिन्द्र बिक, नेपाल तरुण दल नेपालगन्ज नगर सभापति सन्दीपजंग शाह, नेपाल बिद्यार्थी संघका रमेश तिमिल्सेना, चेतनारायण शर्मा, नेविसंघ नगर सदस्य सुकराम चिडीमार लगायतको उपस्थिती रहेको थियो ।
यस्तै जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा शनिबार दिउँसो विचार गोष्ठी आयोजना गरेको छ । जिल्ला सचिव सुधान्सु कोइरालाका अनुसार विचार गोष्ठी अहिले चलिरहेको छ ।
रुकुमपश्चिम दुर्घटनास् दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा