बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन थपिए ९० जना


बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन थपिए ९० जना

नेपालगन्ज २१ असार : पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । यद्यपि, सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन ।