थप दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ संक्रमण

एकै दिन ११३ जनामा कोरोना संक्रमण पुष्टि


थप दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ संक्रमण

नेपालगन्ज २२ असार : नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको हो ।

संक्रमित केसको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्राका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न भारत र नेपालको सिमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।

जसमध्ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।