म्यूजिक कन्र्सटको तयारी पुरा


म्यूजिक कन्र्सटको तयारी पुरा

नेपालगन्ज : नेपालागन्जमा आयोजना हुने म्युजिक कन्सर्टको तयारी पुरा भएकोछ । मिम्स इभेन्ट म्यानेजमेन्टले भोली शुक्रबार नेपालगन्जको सिद्धार्थ कटेजमा आयोजना गर्न लागेको म्युजिक कन्र्सटको सम्पूर्ण तयारी पुरा भएको जनाएकोछ ।

सो कन्सर्टमा नेपालकै चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजक टिमका संयोजक मिमबहादुर बुढाले बताए । मनोरञ्जन दिने उद्देश्यका साथ मिम्स इभेन्ट म्यानेजमेन्टले कन्सर्ट आयोजना गर्न लागेको हो ।

नेपालगन्जस्थित सिद्धार्थ कटेजमा शुक्रबार साँझ ७ बजेदेखि हुने ‘म्युजिक कन्सर्ट–२०१९’ मा चर्चित गायिका ज्योति मगर, गायिका अमृता लिम्बु, स्थानीय गायिका रबिना तिवारी र डिजे विकासको बेजोड प्रस्तुती रहने बुढाले जानकारी दिए ।

उनले म्यजिक कन्र्सटका लागि सुरक्षा प्रर्बद्धन गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जसँग समन्वय गरिसकेको जनाए । साथै कन्र्सटलाई व्यवस्थि तगर्न नीजि क्षेत्रबाट पनि सुरक्षा गार्डहरुको व्यवस्था गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

कन्सर्टमा प्रवेशका लागि १ हजार रुपैयाँ राखिएकोछ । करिव ८ लाखको लागतमा हुन लागेको कन्सर्टमा पाँच सय बढीको सहभागिता हुनुका साथै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहनेछ ।