१०१ वर्षमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी सेनालाई


१०१ वर्षमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

नेपालगन्ज : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार बेलुका ५ बजेर ५५ मिनेटतिर निधन भएको उनको परिवारले जनाएकोछ ।

केही समयदेखि अस्वस्थ्य रहेका राष्ट्रकवि घिमिरेको आफ्नै निवास लैनचौरमा निधन भएको हो । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा सिर्जना दिँदै आइरहेका थिए ।

तत्तकालिन राजा ज्ञानेन्द्रले उनलाई राष्ट्रकविको पदविबाट विभुषित गरेका थिए । उनको गौरी, मालती मङ्गले, राजेश्वरी, नव मञ्जरी चर्चित कृति हुन् । उनले हिमाल पारी र चारु निवन्धका लागि साझा पुरस्कार समेत पाएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दज्र्यानी प्रदान गरेको थियो । उनले आफ्नो जन्म शताब्दीका अवसरमा ऋतम्भरा महाकाब्य सार्वजनिक गरेका थिए ।

१४ वर्ष उमेरदेखि समाज, मानव जीवन र प्रकृतीलाई टिपेर गीत र कवितामा उन्न थालेका थिए ।

यसैबीच राष्ट्रकवि घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी भएकोछ । अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले सम्मान गारत दिने जानकारी दिए । उनका अनुसार मानार्थ सहायकरथीलाई ११११ जनाको टुकुडीले सम्मान गर्ने चलन छ ।

‘गृह मन्त्रालयबाट थप केही आयो र उहाँलाई अरू सम्मान पनि दिने निर्णय भयो भने त्यही हिसाबको हुन्छ । नत्र नेपाली सेनाले मानार्थ सहायकरथीलाई दिनुपर्ने सम्मानका लागि हामी तयार छौं,’ उनले बताए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनको खबरले हामी स्तव्ध भएका छौ, राष्ट्रकविज्युले नेपाली साहित्यमा पुर्याउनु भएको उच्च योगदानको सम्मान सहित सेतोखरी परिवार उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गर्दछौं ।