ए झरी !
टप टप झर्ने
तिम्रो प्रत्यक थोपा पानीले
मलाई
अङ्गालोमा बेरिदाँ
बेस्सरी धकधक गर्ने
मेरो हुनै नसकेको उनको मुटुको
याद दिलाइरहेछ ।।
कसैलाई स्पर्श गर्न नछाड्ने,
तिम्रा थोपाले
मलाई
मेरा गालालाई उपहार स्वरुप दिने,
मायाले भरिपूर्ण
ति छुवाईहरू
एकएक गरी महसुस गराइरहेछ,
म सायद,
मनमनै जतिनै कमजोर भएपनि
दुनियाँका अगाडि निडर र साहसी
बन्न खोज्छु होला
तर, तिम्रो थोपा–थोपा पानी
र, बादलको बिछोडले
मलाई
मेरै बिछोड सम्झाइ रुवाइरहेछ ।
स्वीकृती शर्मा, नेपालगन्ज
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं