नेपालगन्ज : नेपालको पहिलो स्ट्याण्ड अप कमेडीको रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक भएको छ ।
रुखको फेँदमा छायांकन गरिएको प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ ।
रमा थपलिया र सरिता गिरी रहेको प्रोमोमा अडिसनबारे विस्तृत जानकारी भने दिइएको छैन ।
यद्यपि निर्देशक विशाल भण्डारीका अनुसार असोजबाट अडिसन शुरु हुनेछ । कोरोना भाइरस महामारीका बेला भने डिजिटल अडिसन लिइने छ ।
निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् ।
‘यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुनेछ,’ निर्देशक भट्टराई भन्छन्,‘गत वर्षको भन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ ।’
‘कन्टेन्ट’मा पहिलो सिजनकोभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको उनले बताए ।
नेपालको पहिलो स्ट्याण्ड अप कमेडीको रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन दोस्रो र तेस्रो भएका थिए ।
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं