कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक


कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक

नेपालगन्ज : नेपालको पहिलो स्ट्याण्ड अप कमेडीको रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक भएको छ ।

रुखको फेँदमा छायांकन गरिएको प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ ।

रमा थपलिया र सरिता गिरी रहेको प्रोमोमा अडिसनबारे विस्तृत जानकारी भने दिइएको छैन ।

यद्यपि निर्देशक विशाल भण्डारीका अनुसार असोजबाट अडिसन शुरु हुनेछ । कोरोना भाइरस महामारीका बेला भने डिजिटल अडिसन लिइने छ ।
निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुनेछ,’ निर्देशक भट्टराई भन्छन्,‘गत वर्षको भन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ ।’

‘कन्टेन्ट’मा पहिलो सिजनकोभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको उनले बताए ।

नेपालको पहिलो स्ट्याण्ड अप कमेडीको रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन दोस्रो र तेस्रो भएका थिए ।