भेरीको मेसुमा डाक्टर चापागाईं नियुक्त


भेरीको मेसुमा डाक्टर चापागाईं नियुक्त

नेपालगन्ज २४ असार : नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डाक्टर बद्री चापागाईं नियुक्त भएकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर चापागाईंलाई भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा नियुक्त गरेको हो ।

भेरी अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट चर्म रोग विषेशज्ञका रुपमा कार्यरत चापागाईं ११ औं तहका डाक्टर हुन् ।

निर्वतमान अस्पतालका मेसु वीरेन्द्रबहादुर चन्द सेवा निवृत्त भएपछि डाक्टर चापागार्इं अस्पतालको निमित्त मेसुका रुपमा कार्यरत थिए । निर्वतमान मेसु डाक्टर चन्दको अवकाशपछि गत असार १४ गतेदेखि भेरी अस्पताल मेसु विहीन थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

डाक्टर चापागाईसँग यसअघि भेरी अस्पताल विकास समिति अध्यक्षको रुपमा काम गरिसकेको अनुभव छ । उनी २६ भदौ २०७१ देखि १२ माघ २०७२ सम्म भेरी अस्पताल विकास समितिको अध्यक्षका रुपमा काम गरेका थिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, पूर्व मेसु डाक्टर प्रकाश थापा लगायतले नवनियुक्त मेसु चापागाईंलाई बधाई दिएका छन् ।