अस्पतालको आम्दानी, कर्मचारीको तलब


अस्पतालको आम्दानी, कर्मचारीको तलब

नेपालगन्ज : भेरी अञ्चल अस्पताल नेपालगन्जको मासिक आम्दानी करिब ३२ लाख रहेको छ । अस्पतालमा उपचारका लागि आउने विरामीले लिएको टिकटका साथै अल्टासाउण्ड, ल्याव, अप्रेशन, एक्सरे गरे वापतको शुल्कबाट मासिक ३२ लाख रूपैयाँ जति आम्दानी हुने गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर रूपानन्द अधिकारीले बताए ।

उनकाअनुसार अस्पतालमा यसरी मासिक एकदेखि डेढलाखसम्म आम्दानी भईरहेको छ । यसरी आम्दानी भएको रकम अस्पतालको अस्पताल विकास समितिको खातामा जममा हुने गर्छ । उनका अनुसार उक्त आम्दानी रकमबाट अस्पतालमा विकास समिति मातहत रहेका कर्मचारीदेखि चिकित्सकसम्मलाई तलब र भत्ता दिने गरिएको छ । अस्पतालका मेडिकल सुपेरिटेण्डन अधिकारीका अनुसार अस्पतालमा अहिले विकास समितिको मातहतमा एक सय पाँचजना स्टाफ रहेका छन् । जसमा कार्यालय सहयोगीदेखि डाक्टरसम्म छन् ।

Kanti Aarogya Hospital Nepalgunj


उनकाअनुसार अस्पतालमा विकास समिति मार्फत मात्रै ७८ जना स्थायी कर्मचारी छन् । उनीहरूलाई समेत त्यहि आम्दानीबाट तलब, भत्ताको व्यवस्था गर्नुपर्छ । यसरी अस्पतालले दैनिक वा मासिक रूपमा गरेको आम्दानीबाटै कहिले काँही सरकारी बजेट अभाव हुँदा जेष्ठ नागरिकलाई समेत यसैबाट औषधीउपचार बापतको रकम प्रदान गर्ने र पछि सरकारी बजेट आएपछि शोधभर्ना गर्ने पनि गरिएको उनी बताउँछन् । बाँकेमा नीजि क्षेत्रका थुप्रै अस्पताल रहेपनि स्वास्थ्य सेवा विभागले भेरी अञ्चल अस्पताललाई मात्र आधिकारिक उपचार केन्द्रको मान्यता दिएको छ । यसले गर्दा पनि यस क्षेत्रका विभिन्न जिल्लाका अस्पतालले भेरीमै विरामी बढी रिफर गर्ने गरेको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताए ।

‘प्रादेशिक संरचनामा गएपछि भेरी अञ्चल अस्पताल खासगरी दाङ, बाँके र बर्दियाको लागि रिफर हब सेन्टर हो,’ डा.अधिकारीले भने, ‘तर कर्णाली प्रदेशको सुर्खेत, सल्यान, सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरबाट समेत बिरामी यहाँ आउने गरेका छन् ।’ उनले थपे ‘यसले पनि भेरी अस्पतालमा टिकट बाट मात्रै राम्रै आम्दानी भएको छ ।’ शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा ठूलो संख्यामा बिरामी तथा घाइतेको प्रेषण हुने भए पनि प्रशासनिक कारणले सरकारले आधिकारिक हब सेन्टरको मान्यता दिएको छैन् ।