नेपालगन्जमा सञ्चालनमा आयो लायन रामनारायण मधुमेह सेवा केन्द्र


नेपालगन्जमा सञ्चालनमा आयो लायन रामनारायण मधुमेह सेवा केन्द्र

नेपालगन्ज २७ असार : नेपालगन्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । उक्त केन्द्रको आज एक कार्यक्रमका बीच स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले उद्घाटन गरे । करिब २० लाखको लागतमा मधुमेह सेवा केन्द्र निर्माण गरिएको लायन्स पूर्व डिष्ट्रिक गभर्नर सेम शाक्यले बताए ।

केन्द्र सञ्चालनमा लायन रामनारायणको परिवारबाट करिब १२ लाख बाँकी स्रोत लायन्स मेम्बर तथा क्लबहरुबाट जुटाइएको शाक्यले जानकारी दिए । स्वास्थ्यकर्मी समेत रहेका लायन शाक्यले केन्द्रबाट बजारमा गरिने परीक्षण भन्दा ५० प्रतिशत कम शुल्कमा रक्त परीक्षण गर्ने बताए ।

उनले सेवा केन्द्रबाट लिभर, किड्नीको फङ्सन परीक्षण पनि हुने जानकारी दिए । केन्द्रमा २ जना कन्स्लटेन्ट चिकित्सकले सेवा समेत दिने उनको भनाइ छ ।

नेपालमा मधुमेहका बिरामीको संख्या बढ्दो रहेको छ । मधुमेहका बिरामीको एकिन तथ्यांक भने छैन । कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्दा मधुमेह पुष्टि हुने गरेको चिकित्सक बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

मधुमेहका बिरामी बढ्दै गएपछि उनीहरुलाई लक्षित गरेर छुट्टै अस्पताल स्थापना गरिनु उपलब्धीपूर्ण रहेको मन्त्री केसीले बताए । उनले लायन रामनारायणले अस्पताल निर्माणका लागि पु¥याएको योगदानको उच्च प्रशंसा गरे ।
नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले अस्पताल सञ्चालनमा आउनु सुखद् कुरा भएको भन्दै उपमहानगरबाट हुन सक्ने आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

पछिल्लो समय परिर्वतित जीवनशैलीका कारण लाखौँ मानिसहरुमा मधुमेहको समस्या बढी देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

मधुमेह नियन्त्रणमा ल्याउनका लागि जंक फुड, धूमपान र मद्यपानको सेवन गर्न नहुने चिकित्सक बताउँछन् । यस्तै मिर्गौला, कलेजो, मुटु, आँखालगायतका महत्वपूर्ण अंगमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेह हुनबाट जोगिन आवश्यक रहेको छ ।

सोक्रममा लायन राजेश नारायण श्रेष्ठ एवम उनका आमासहितलाई टिका तथा माला लगाई प्रमुख अतिथि मन्त्री केसीले सम्मान गरेका थिए ।

यस्तै लायनहरु यज्ञप्रताप राणा, श्याम कुमार शर्मा, हरि प्रसाद प्रसाईं र मुरली शर्मालाई समेत सम्मान गरिएको थियो । भने लायन्स क्लबस इन्टर नेसनल डिस्ट्रिक ३२५ एन, नेपालका डिस्ट्रिक गर्भनर लायन सीबि चन्दले शुभकामना तथा लायन पुष्कर बहादुर खड्काले धन्यबाद मन्तब्य राखेका थिए ।

कार्यक्रमका लायन रामनारायण मधुमेह सेवा केन्द्रका संयोजक तथा पीडीजी लायन सेम शाक्यको सभाध्यक्ष कार्यक्रम सम्पन्न भएको थियो ।