नेपालगन्ज ३० असार : लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने निश्चित भएको छ । मिति घोषणा भएसगै महाधिवेशनको रौनक छाएको छ ।
यसै सन्दर्भमा नेपाल प्रेस युनियनको केन्द्रिय बरीष्ठ उपाध्यक्षमा प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् । युनियनको आठौं महाधिवेशनबाट केन्द्रिय उपमहासचिव पदमा निर्वाचित केसीले यसपटक भने बरीष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय अग्रज तथा साथीहरुले शोकमा रहेको बेला पनि माया सद्भाव देखाएर यहि श्रावण ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषण गर्न आग्रहलाई शिरोधार गदै आज गरूपुर्णीमाका दिन बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । सबैको साथ सहयोगको आशा गरेको छु ।’
युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ । बाँकेमा लामोसमयदेखि पत्रकारीतामा निरन्तर सक्रिय केसी हाल अन्नपूर्ण पोस्टमा आबद्ध छन् । श्रमजीवी पत्रकारहरुको हकहित निम्ति उनी सधै अग्रमोर्चामा देखिन्छन् ।
उनले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रिय बरीष्ठ उपाध्यक्ष पदमा मतदान गरि विजयी बनाउन हुन आग्रह समेत गरेका छन् ।
यसअघि, बाँकेबाट नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रहेका जयसिंह केसीले उप–महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकाछन् । उनी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव समेत हुन् ।
यस्तै नेपालगन्जमा लामो समय पत्रकारिता गरि पछिल्लो समय काठमाण्डौंमा रही रेडियो नेपालमा रहेर पत्रकारिता गरिरहेका सन्तोष रेग्मीले समेत उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेकाछन् । उनले उपमहासचिवमा आफ्नो उम्मेदवारी घोषणासंगै प्रचारप्रसार थालिसकेकाछन् ।
यसैगरि, नेपालगन्जमा लामोसमय पत्रकारिता गरि हाल काठमाण्डौं रहेर नेपाल टेलिभिजनमा पत्रकारिता गरिरहेकी कमला हमालले युनियनको केन्द्रिय महिला सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
नेपालगन्जमा रहेर लामोसमयदेखि पत्रकारिता गरिरहेकी शोभा केसीले पनि केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकीछन् ।
थप सामाचार
युनियन केन्द्रिय सदस्य जयसिंह भन्छन्ः पत्रकारको पेशागत सुरक्षाको निम्ती उपमहासचिवमा लड्छु