नेपालगन्ज ३ साउन : पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९८२ रहेको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ ।