बाँकेका ४ सहित २२४ जिल्ला न्यायाधीशको सरुवा

यी ६ न्यायाधीशको बाँकेमा सरुवा (नामसहित)


बाँकेका ४ सहित २२४ जिल्ला न्यायाधीशको सरुवा

नेपालगन्ज १० साउन : बाँकेका ४ न्यायाधीशसहित देशभरका २२४ जना न्यायाधीशको सरुवा गरिएकोछ । न्याय परिषद्को मंगलबार बसेको बैठकले बाँकेका ४ सहित देशभरका २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । बाँकेका ४ न्यायाधीशको सरुवा हुँदा ६ जना न्यायाधीशको बाँकेमा सरुवा भएकोछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरुको सरुवा गरेको हो । परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरुको सरुवा गरेको हो ।

त्यस्तै परिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन आव्हान गरेकोमा जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।

२०० जनाले दिएको आवेदनमा उनीहरुलाई छनोट गरिएको हो । त्यस्तै परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय पनि गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ ।

परिषद्को बैठकबाट सरुवा हुने बाँकेका न्यायाधीशमा बाँके जिल्ला अदालतका खडानन्द तिवारी, दुर्गाबहादुर भुषाल, दिलप्रसाद सापकोटा र मनकुमारी जिएम विकको सरुवा भएकोछ ।

न्यायाधीशहरु तिवारीको नवलपरासी जिल्ला अदालतमा, भुषालको काठमाण्डौं जिल्ला अदालतमा, सापकोटाको हुम्ला जिल्ला अदालतमा र मनकुमारीको मकवानपुर जिल्ला अदालतमा सरुवा गरिएकोछ ।

बाँकेबाट सरुवा गरिएका न्यायाधीशद्वय सापकोटा सुर्खेत जिल्ला अदालतबाट बाँके जिल्ला अदालतमा काजमा आएका थिए भने मनकुमारी बाँके जिल्ला अदालतबाट मकवानपुर जिल्ला अदालतमा काजमा गएकी थिइन् ।मकवानपुरमा काजमा गएकी मनकुमारीको सोही जिल्ला अदालतमा सरुवा भएकोछ ।

६ न्यायाधीशको बाँकेमा सरुवा

यस्तै परिषद्को निर्णयबाट रुपन्देही जिल्ला अदालतका न्यायाधीश धनसिंह महरा, रौतहट जिल्ला अदालतका न्यायाधीश चुरामन खड्का, ललितपुर जिल्ला अदालतका न्यायाधीश देवकुमार गिरी, रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवट, धादिङ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशी, काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्याल र डोटी जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको बाँके जिल्ला अदालतमा सरुवा भएकोछ ।

थप समाचार

बाँके जिल्ला अदालतका न्यायाधीश अधिकारी सर्वोच्च तानिए