निकुञ्जमा टाइमकार्ड : होटल र बस्ती बाधक


निकुञ्जमा टाइमकार्ड : होटल र बस्ती बाधक

नेपालगन्ज १३ साउन : पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर–शिवखोलासम्म ७२ किलोमिटर बाँके राष्ट्रिय निकुञ्ज पर्दछ । यो राजमार्गमा सवारी साधन रातदिन गुड्ने भएकोले वन्यजन्तु उच्च जोखिम छन् ।

निकुञ्ज प्रशासनले सवारी साधनको गति सिमित गराउन टाइम कार्ड लागू गर्न खोजे पनि असफल भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सर्वसाधारणको बसोबास सँगै होटलहरु सञ्चालनमा भएकोले टाइम कार्ड लागू गर्न नसकिएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।

कोहलपुरदेखि पूर्व तर्फको ७२ किलोमिटर सडक आसपास होटल र पसल सञ्चालनमा भएकोले टाइम कार्ड सफल नभएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘पश्चिमबाट गएका र पूर्वबाट आएका सवारी साधन निकुञ्ज आसपासमा संचालित होटल र पसलमा खाना, नास्ता खान रोकिने भएकोले टाइमकार्ड दिनुको अर्थ भएन,’ उनले भने ।

उनले टाइम कार्ड सफल नभएपछि ‘भेइकल ट्रयाकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस)’ जडान गरेको बताएछ । ‘गति सिमित गर्न भीटिआरएस जडान गरिएको बताए ।

‘सवारी साधनको गति हेर्न समय–समयमा आकस्मिक जाँच र गस्ती गरिन्छ,’ उनले भने, ‘राजमार्ग आसपास होटल र पसल रहुन्जेल टाइम कार्ड सम्भव देखिदैन ।’

उनले अत्यधिक गतिमा गुडेका कारण निकुञ्जबाट मध्यवर्तीमा जान सडक वारपार गर्ने वन्यजन्तु सवारी साधनले किचिने गरेको बताए । सवारी साधनले किचेर मर्ने वन्यजन्तुको संख्या अधिक रहेको बताए ।

बाँके जिल्लाको गाभर नजिकै गत वर्ष भदौ २७ गते आईतबार बेलुका सडकबाट तानेर एक ४५ वर्षिय भारतीय पुरुषलाई २ वटा पाटेबाघले खाएको थियो ।

बाघले मान्छे खाएपछि ती दुई पाटेबाघ पूर्वपश्चिम महेन्द्र राजमार्गसंगै बाँकेको गाभर, कुसुम, सौंरीगाउँ लगायतको क्षेत्रमा पटक–पटक देखिदाँ बाघ र मानवबीच हुनसक्ने द्वन्द्व नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले गत भदौ २८ गते सोमबार एक सूचना जारी गरि सो सडकमा रात्रिकालिन आवागमनमा रोक लगाउनुका साथै अन्य समयमा हलुका र खुला गाडी टेम्पो, मोटरसाईकल, साईकल, पैदलयात्रीलाई हिँडडुलमा रोक लगाएको थियो ।

थप समाचार

बाँकेमा बाघ संख्या बृद्धिमा कमी, निकुञ्ज स्थापनाको १२ वर्षमा मात्र २५ बाघ