नेपालगन्ज १३ साउन : पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर–शिवखोलासम्म ७२ किलोमिटर बाँके राष्ट्रिय निकुञ्ज पर्दछ । यो राजमार्गमा सवारी साधन रातदिन गुड्ने भएकोले वन्यजन्तु उच्च जोखिम छन् ।
निकुञ्ज प्रशासनले सवारी साधनको गति सिमित गराउन टाइम कार्ड लागू गर्न खोजे पनि असफल भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सर्वसाधारणको बसोबास सँगै होटलहरु सञ्चालनमा भएकोले टाइम कार्ड लागू गर्न नसकिएको बाँके राष्ट्रिय निकुञ्जका रेन्जर शेरबहादुर थापाले बताए ।
कोहलपुरदेखि पूर्व तर्फको ७२ किलोमिटर सडक आसपास होटल र पसल सञ्चालनमा भएकोले टाइम कार्ड सफल नभएको उनले बताए ।
‘पश्चिमबाट गएका र पूर्वबाट आएका सवारी साधन निकुञ्ज आसपासमा संचालित होटल र पसलमा खाना, नास्ता खान रोकिने भएकोले टाइमकार्ड दिनुको अर्थ भएन,’ उनले भने ।
उनले टाइम कार्ड सफल नभएपछि ‘भेइकल ट्रयाकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस)’ जडान गरेको बताएछ । ‘गति सिमित गर्न भीटिआरएस जडान गरिएको बताए ।
‘सवारी साधनको गति हेर्न समय–समयमा आकस्मिक जाँच र गस्ती गरिन्छ,’ उनले भने, ‘राजमार्ग आसपास होटल र पसल रहुन्जेल टाइम कार्ड सम्भव देखिदैन ।’
उनले अत्यधिक गतिमा गुडेका कारण निकुञ्जबाट मध्यवर्तीमा जान सडक वारपार गर्ने वन्यजन्तु सवारी साधनले किचिने गरेको बताए । सवारी साधनले किचेर मर्ने वन्यजन्तुको संख्या अधिक रहेको बताए ।
बाँके जिल्लाको गाभर नजिकै गत वर्ष भदौ २७ गते आईतबार बेलुका सडकबाट तानेर एक ४५ वर्षिय भारतीय पुरुषलाई २ वटा पाटेबाघले खाएको थियो ।
बाघले मान्छे खाएपछि ती दुई पाटेबाघ पूर्वपश्चिम महेन्द्र राजमार्गसंगै बाँकेको गाभर, कुसुम, सौंरीगाउँ लगायतको क्षेत्रमा पटक–पटक देखिदाँ बाघ र मानवबीच हुनसक्ने द्वन्द्व नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले गत भदौ २८ गते सोमबार एक सूचना जारी गरि सो सडकमा रात्रिकालिन आवागमनमा रोक लगाउनुका साथै अन्य समयमा हलुका र खुला गाडी टेम्पो, मोटरसाईकल, साईकल, पैदलयात्रीलाई हिँडडुलमा रोक लगाएको थियो ।
थप समाचार
बाँकेमा बाघ संख्या बृद्धिमा कमी, निकुञ्ज स्थापनाको १२ वर्षमा मात्र २५ बाघ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ