बाँकेमा बाघ संख्या बृद्धिमा कमी, निकुञ्ज स्थापनाको १२ वर्षमा मात्र २५ बाघ


बाँकेमा बाघ संख्या बृद्धिमा कमी, निकुञ्ज स्थापनाको १२ वर्षमा मात्र २५ बाघ

File Photo

नेपालगन्ज १३ साउन: आज अन्तर्राष्ट्रिय बाघ दिवस । प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच अन्तर्राष्ट्रिय बाघ दिवसको दिन पारेर नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको घोषणा गरेका छन् ।

पछिल्लो दशकमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने नेपाल पहिलो देश बनेको छ । यसका साथसाथै नेपालमा अन्य वन्यजन्तु गैँडा र हात्तीको पनि सङ्ख्यामा वृद्धि भएको छ ।

सन् २०२२ मा गरिएको बाघ गणनाको रिपोर्ट अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । योसंगै नेपालले पछिल्लो १० वर्षमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ थियो । सन् २०१८ को गणनामा यो संख्या २३५ पुग्यो । यसअघि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९३, बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ थिए । त्यसैगरी पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सन् २०१३ मा बाँके निकुञ्जमा चार वटा मात्र बाघ थिए । सन् २०१८ को गणनामा १७ वटा बाघ बढेर संख्या २१ पुग्यो । राष्ट्रिय बाघ गणना रिपोर्ट २०२२ अनुसार बाँकेमा बाघको संख्या बढेर २१ बाट २५ पुगेको छ ।

यो गणनामा नेपालले १० वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेको छ । १० वर्षमा ३५० बाघ पुयाउने लक्ष्य रहेकोमा बाघको संख्या ३५५ पुगेको छ । बाँकेमा २५, बर्दियामा १२५, चितवनमा १२८, पर्सामा ४१ र शुक्ला फाँटा निकुञ्जमा ३६ वटा बाघ पुगेका छन् ।

चौथो बाघ गणना २०२२ मा देशभर ५१ प्रतिशतले पाटेबाघको संख्यामा बृद्धि भयो तर, बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुुञ्जमा बाघको संख्या न्यून बृद्धि भएको छ ।

यो गणनामा सबैभन्दा बढी बाघ बर्दियामा ३८ वटा बढे । जुन अघिल्लो गणनाभन्दा ४३.६७ प्रतिशतले बढ्यो । बर्दियाका ८७ बाट बाघको संख्या १२५ पुगेको छ ।

संंख्याको हिसाबले देशमै सबैभन्दा धेरै बाघ चितवनमा १२८ वटा छन् । चितवनमा ९३ बाट ३७.६३ प्रतिशतले बृद्धि भयो । पर्सा राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा त बाघको संख्या दोब्बरभन्दा बढी बृद्धि भएको छ ।
पर्सामा १२७.७७ प्रतिशतले बाघ बृद्धि भएको छ । जहाँ १८ बाट ४१ संख्या पुगेको छ । शुक्लाफाँटामा १२५ प्रतिशतले बढ्यो । जहाँ १६ वटाबाट बाघको संख्या ३६ भएको छ ।

देशमै सबैभन्दा कम १९ प्रतिशत बाघ बृद्धि बाँके निकुञ्जमा भएको छ । जहाँ २१ बाट ४ बढेर संख्या २५ पुगेको छ । अघिल्लो गणनामा देशमा सबैभन्दा बढी बाघ हुने निकुञ्जको तेस्रो स्थानमा रहेको बाँके अहिले बाघ पाउने निकुञ्जको सबैभन्दा पुछारमा पुगेको छ ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो ।

पूर्वमा शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत राजमार्ग, उत्तरतर्फ चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग यसको सीमाना रहेको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार, भाले बाघहरू एउटै ठाउँमा बस्दैनन् । एउटै क्षेत्रमा दुईवटा भाले बाघ भए भने आपसमा लड्छन् । जित्ने बाघ आफ्नै ठाउँमा बस्छ हार्ने त्यो क्षेत्र छाडेर नजिकको मध्यवर्ती क्षेत्र, सामुदायिक वनतर्फ जान्छ ।

जवान भाले बाघले २० देखि ५० वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ बनाउँछ । आहाराको उपलब्धताका आधारमा बाघको ‘टेरिटोरी’ घटबढ हुन सक्छ । भाले बाघले ३ देखि ५ वटासम्म पोथी बाघलाई आफ्नो ‘टेरिटोरी’ भित्र राख्छ । तर, अर्को भाले बाघलाई भने आफ्नो ‘टेरिटोरी’ मा छिर्न दिंदैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) साह बाँके–बर्दिया कम्प्लेक्समा बाघको आवतजावत हुने भएकाले एउटै बाघ दुई तिरको गणनाम देखिनु, आहारा, पानी, बासस्थान लगायतका कुराहरुले पनि बाघ बृद्धि कम भएको बताउँछन् ।

उनी भन्छन्, ‘बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेको होइन । पहिलेको तुलनामा न्यून बृद्धि भएको हो । समग्रमा बृद्धि भएकै मान्नुपर्छ । बाघ बृद्धिदर राम्रो छ ।’

थप समाचार

ज्यान बचाउन बाघ धपाउँदै राप्तीसोनारीका स्थानीय

महेन्द्रराजमार्गमा मान्छे खाने बाघको ‘मार्चपास’, नियन्त्रणमा लिन हात्ती र सेना परिचालन

बाघ नियन्त्रणको माग गर्दै भएको शान्तिपूर्ण आन्दोलन उग्र बन्दा नविनाको ज्यान गयो

पाटेबाघको आक्रमणबाट बच्न रुखमा चढेका तीन जनाको सकुसल उद्धार

मान्छे खाने बाघले ‘पाडो’ रुचाएन, ‘डार्ट’ गरि बाघ समाउने प्रयास असफल बन्दै

मण्डफवा जङ्गलमा बाघसँग लडेर बाँचेका ‘वकिल’

बाघ गणनामा प्रयोग गरिएका करिब ७ लाखका १७ वटा क्यामेरा चोरी

बाघ आक्रमणको घटना : बाँकेदेखि कैलालीसम्म २८ जनाको मृत्यु

बाँके र बर्दिया कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरि बाघ गणना गरिदैँ